धादिङ । धादिङको गल्छी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रवार अम्बी भरोसा हस्पिटल प्रा.लि धादिङ ७ गल्छीको आयोजना एवम् पिपल्स डेण्टल कलेड एण्ड हस्पिटल प्रा.लिको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय बढी स्थानीयले स्वास्थ्य लाभ लिएका हुन्
शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, बाल रोग,स्त्री तथा प्रसुती रोग र आँखा तथा दाँत सम्बन्धी समस्याहरुको विशेषज्ञहरुद्धारा उपचार तथा परामर्श एवम् औषधि वितरण गरिएको थियो ।त्यस्तै डिजिटल एक्सरे, ईसिजी र प्रयोगशाला सेवा पनि प्रदान गरिएको आयोजक अम्बी हस्पिटल प्रा.लिका अध्यक्ष प्रेम बहादुर अधिकारीले जानकारी दिए ।
शिविरमा हस्पिटलका विशेषज्ञ ७ जना चिकित्सकले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरमा बाल रोग विशेषज्ञ डा.जेएल झा, जनरल फिजिशियन डा.अहमद रेजा, नाक कान घाँटी रोग विशेषज्ञ डा. सर्फराज आलम खान, स्त्री रोग विशेषज्ञ डा. डेनिथल, डेन्टल विशेषज्ञ डा. सलिना कार्की, आँखा रोग विशेषज्ञ डा. समिर महतो र हाड जोर्नी विशेषज्ञ डा. प्रकाश दवाडी लगायतले सेवा दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडाले अस्पतालले आफ्नो पालिका भित्रका नागरिकहरुको स्वास्थ्य सवेंदनशीलता लाई ध्यानमा राखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आभार व्यक्त गरे ।
अम्बी भरोसा हस्पिटल प्रा.लिका फ़ाउण्डर भाग्यनारायण शाहले संचालन गरेको कार्यक्रममा डा.सर्फराज आलम खानको विशेष आतिथ्यता रहेको थियो।अम्बी भरोसा हस्पिटल प्रा.लिका अध्यक्ष एबम समाजसेबी प्रेम बहादुर अधिकारीको अध्यक्षता रहेको शिविरमा उपस्थित सेवाग्राहीहरुले अस्पताल प्रति धन्यवाद व्यक्त गर्दै यस्ता शिविरहरुको निरन्तर आयोजना भई राख्नुपर्ने सुझाव दिएका थिए।
निशुल्क स्वास्थ सिबिरमा विभिन्न आशा र भरोसा बोकेर पुगेका सेवाग्राहीहरुसगं हामीले सोध्यौँ, निशुल्क शिविर मार्फत गाउँमै सेवा पाउँदा कस्तो लाग्यो ? बिरामी आमाबुवाहरुले शिविरबाट पाएको सेवा उत्कृष्ट रहेको भन्दै निकै खुसी लागेको प्रतिक्रिया दिए ।
शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्थानीयस्तरमा विरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानीय दंग देखिन्थे । अस्पतालले स्वास्थ्यको पहँच भन्दा टाढा रहेका विरामीलाई लक्षित गरि जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर राखेर विरामीको स्वास्थ्य जाँच गेरको हो।






