एनआरएनए अस्ट्रेलिया सयोंजक दिनेशराज जोशीको आक्रोश

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया संयोजक दिनेशराज जोशीले कोषाध्यक्ष समुहले देखाएको व्यवहार प्रति आक्रोश व्यक्त गरेका छन् ।

विधानमा व्यवस्था भएबमोजिम लेबी बुझाउन पर्ने आग्रह सहित आएको पत्रमा आफुले दिएको जवाफको प्रतिउत्तर सहित आएको दोश्रो पत्रमा धम्कीपूणर् भाषा प्रयोग गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले आफुले त्यस्तो धम्कीपूणर् ईमेल देख्दा दुख लागेको भन्दै खेद प्रकट समेत गरेका छन् ।

उनले प्रश्न गर्दै लेखेका छन् – ‘यो सदस्यता सुल्क के का लागि ? रिजनल कोअडिनेटर एउटा को लागि कि दुइटा को लागि < अनि बिधान मा एक कार्यकाल कति बर्स को लेखेको छ अनि यो काॠ समिती को कार्यकाल तेहि बिधान अनुसार चल्दै छ?’

आफु कसैको दया मायाले सयोंजक नभएको भन्दै निर्वाचन आयोगमा सबै पक्रिया पुरा गरेर आएको बताएका छन् । उनले आफु कानुनी उपचारमा लाग्ने समेत चेतावनी दिएका छन् ।

उनले अन्य कार्यसमितिका पदाधिकारीलाई समेत सदस्यता शुल्क दिँदा विचार गर्न र समितिले कति विधान सम्बत काम गरेको छ भनेर मूल्यांकन गर्न समेत अनुरोध गरेका छन् ।