शिब भण्डारी
लण्डन । सोंपाल समाज यूकेले वर्षेनी मनाउँदै आएको ल्होछार एक विशेष कार्यक्रम हर्ष उल्लासका साथ मनाइएको छ । गत शनिबार लन्डनस्थित ग्रिनफोर्ड टाउन हलमा विविध कार्यक्रमसहित ल्होछार मनाइएको हो।
संस्थाका अध्यक्ष श्री प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रुपमा सस्थाका बयोबृद्ध जेस्ठ सदस्य देउ बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथि एवम् नेपाली दूताबासका द्वितीय सचिव रामबाबु नेपालले विदेशमा रहेर पनि नेपाली संस्कृतिलाई बचाई राख्न र यसको प्रवद्र्धनका लागि सोमपाल समाज युकेले गरेको कार्यक्रम निकै सह्रानीय रहेको बताए।


त्यस्तै कार्यक्रममा सैनिक सहचरी रत्न बोधार, तमु धी युकेका अध्यक्ष हरि गुरुङ,स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङ, संस्थापक अध्यक्ष विजय बहादुर गुरुङ सहित विभिन्न संघ संस्थाका अध्यक्षहरु, संस्थाका ट्रस्टीहरु, भूपू अध्यक्षहरु, मिडियाकर्मीहरुको लगायत आजीवन सदस्यहरु तथा गैर तमु नेपालीहरु समेतको उल्लेख्य उपस्थिति थियो ।सो अवसरमा धर्मगुरु सन्तोष खेम्पो गुरुङ लामाले प्रवचन दिएका थिए ।
ट्रष्टीहरु क्याप्टेन प्रेम बहादुर गुरुङ,युक्त बहादुर गुरुङ,नवराज गुरुङ,राम बहादुर गुरुङ, दिपक गुरुङ डेबिड लगायतको उपस्थिति रहेको थियो । सल्लाहकार क्याप्टेन चित्र बहादुर गुरुङ,चन्द्र बहादुर गुरुङ परिवारले पेय पदार्थको प्रायोजन गरेका थिए । पार्वती गुरुङ चुम प्रसाद, गुरुङले पनि सौजन्य गरेका थिए । कार्यक्रम संयोजक उपाध्यक्ष ध्रुब गुरुङ थिए भने ,कार्यक्रमको सञ्चालन समाजका महासचिव भरत गुरुङले निकै शिष्ट भाषामा गरेका थिए ।समाजका उपाध्यक्ष जगदीश गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।आमा समुहकी अध्यक्ष माया गुरुङले उपस्थित सबैलाई शुभकामना व्यक्त गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा क्याप्टेन मोहन गुरुले सुरक्षाको विषयमा बताएका थिए ।सहिदको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो । आमा समुहले भजन कृतन प्रस्तुत गरेका थिए । तमुधी युकेका अध्यक्ष हरी गुरुले घरमै आएर आशिर्वाद दिएको जस्तो महशुस भएको बताए । सोमपाल समाजको जय होस भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा राष्ट्रिय कलाकार आनन्द गुरुङ लगायतलाई सम्मान गरिएको थियो

स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङ, पचासे समाज युकेका अध्यक्ष शिवराम गुरुङको समेत उपस्थिति थियो । तमुधी लण्डन आमा समुहकी अध्यक्ष विन्दु गुरुङले हरी गुरुङलाई बधाई तथा शुभकामना व्यक्त गरिन् । त्यस्तै क्याप्टेन चित्र बहादुर गुरुङ, गणेश गुरुङले सौजन्य गरेका थिए भने राफल आधा तोला सुन सौजन्य जुम प्रसाद गुरुङले सौजन्य गरेका थिए ।
समाजका अध्यक्ष श्री प्रसाद गुरुङले पवित्र उद्धेश्य राखेर समाजले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुने तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा झण्डै २ सय जनाको सहभागीता रहेको थियो ।
दोश्रो चरणको सागींतिक कार्यक्रम रहेको थियो स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरु सुरेश गुरुङ, भिमु गुरुङ र चिज गुरुङले सागींतिक प्रस्तुती दिँदा निकै नै माहोल तातेको थियो ।
हेर्नुस पुरा लाईभ भिडियो :

वार्षिक रुपमा मनाउदै आईरहेको तमु ल्होछार कार्यक्रमले एक सभ्य, सम्मानित एवं मनोरन्जात्मक स्वाद पस्कन सफल भएको कुरा सहभागिहरुले लन्डन नेपाल न्युजलाइ बताए l













