लण्डन । बेलायतमा “सँखुवासभा तमु समाजले ल्होसार भब्य रुपले मनाएका छन् ।” सन् २०१० मा स्थापित “सँखुवासभा तमु गुरुङ समाज बेलायत”ले आफ्नो वार्षिक कार्यक्रम ल्होसार Covid -19 पछाडि पहिलोपटक गत महिना डिसेम्बर ३१ तारीख शनिबार फेल्थाम कम्युनिटी कलेज फेल्थाममा तो ल्हो (बाघ बर्ग) लाई बिदाई र ( हि ल्हो) बिरालो बर्गलाई स्वागत गरेर आपसमा ल्होसारको शुभकामना आदानप्रदान गर्दै भब्यताका साथ मनाएको हो।

सँस्थाका अध्यक्ष श्री अमृत घोन्डेको सभापतित्वमा सप्पन्न सो कार्यक्रममा समाजका उपाध्यक्ष श्री मणि कुमार गुरुङले सम्पुर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो भने सल्लाहकार द्वय श्री गोकर्ण गुरुङ र श्री नैन सिँ गुरुङले ल्होसारको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजका भुपु अध्यक्ष श्री रामचन्द्र गुरुङलाई उक्त कार्यक्रम को प्रमुख अतिथि बनाईएकोउक्त कार्यक्रममा स्वर्गिय खेमराज गुरुङ ट्र्ष्टका अध्यक्ष श्री जीवन गुरुङ र सँरक्षक श्रीमति चन्चला गुरुङले ट्र्ष्टकादाताहरुलाई प्रमाणपत्र बितरण गर्नु भएको थियो । सो औपचारिक कार्यक्रम पुर्व सिक्किमबाट आउनु भएका श्रद्देय गुरु टुल्कु रिम्पोछे साँङ्गे योन्तेन ग्याछो गुरुङले बौद्ध धर्म र ल्होसारको प्रबचन दिई भक्तजनहरुलाई दर्शन दिनु भएको थियो । लामा गुरु ब्यबस्थापनको सँयोजन आमा समुहको अध्यक्ष श्रीमती तारा गुरुङले गर्नुभएको थियोे ।
साँझको ६ बजे सुरु भएको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथिबाट पानसमा द्विप प्रज्वलित गरी उदघाटन गरिएको थियोे । दुई चरणमा बिभाजित सो कार्यक्रम औपचारिक कार्यक्रममा सँस्थाका आजिवन सदस्यहरु ४० जना र तमु समुदायबाट बिद्यार्थि श्री कौशल गुरुङ ब्याचेलर डिग्री उत्तीर्ण, श्री डक्टर चन्द्र गुरुङ अनि बेलायती सेनामा बढुवा क्याप्टेन राज कुमार गुरुङ र शाही एयर फोर्स अफिसर पवन गुरुङ लाई प्रमाणपत्र बितरण गरिएको थियो ।
त्यस्तै अनौपचारिक कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमहरु थिए जस्लाई श्रीमती दिपा गुरुङ र श्री बिशाल गुरुङले सँयुक्त रूपमा सँचालन गरेको थियोे । फोटो पत्रकार श्री बाबुराम गुरुङले कार्यक्रम अवधिभर फोटो खिच्ने र साउन्ड सिस्टम अपरेट गर्नु भएको थियोे ।
साँस्कृतिक कार्यक्रमको साथसाथै चिठ्ठा उपहार कार्यक्रम पनि आयोजना गरिएको थियोे । स्थापनाकाल देखि हाल सम्मकै सबैभन्दा ठुलो सँख्यामा करिब ४२०-२५ उपस्थिति थियोे । राती १० बजे सम्म सँचालित साँस्कृतिक कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु भरपुर मनोरञ्जनमा डुबेका थिए । 
सोही कार्यक्रममा सह सचिब श्रीमती कमला गुरुङले उपस्थित जेष्ठ नागरिक द्वय एक महिला एक पुरुषलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । स्मरण रहोस्, बेलायत सँखुवासभाली तमुहरु ३०२ घर धुरी र जम्मा जनसंख्या ६५० जना छन् । आस्फोर्ड बाट सल्लाहकार श्री ठाकुर सिं गुरुङको नेतृत्वमा ५५ सिटको एक गाडी जिल्लावासी र ननिन्टनबाट श्री चित्र बहादुर गुरुङ र युवराज गुरुङको नेतृत्वमा २५-३० जनाको समुह उक्त कार्यक्रममा ल्याईएको थियो।






