काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवा निर्वाचित भएका छन् ।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् ।
सभापति देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत पाए । कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।







