गुल्मी जिल्ला समाज यूकेले गर्र्यो किडनी पिडित सेर बहादुरलाई १ लाख उनसत्ररी हजार सहयोग

लण्डन । गुल्मी जिल्ला समाज युकेले गृह जिल्ला गुल्मीका एक मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । दुबै मृगौला खराब भई उपचार गराईरहेका जिल्लाको सत्यवती गाउँपालिका वडा नं ७ जुनिया निवासी ४६ वर्षीय सेर बहादुर खत्रीलाई समाजले उपचारका लागि १ लाख ६९ हजार ७ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । समाजले विभिन्न व्यक्तिहरुको सहयोगमा सकंलित रकम मसिंर ८ गते हस्तान्तरण गरेको हो ।

गुल्मी जिल्ला समाज युकेको तर्फबाट समाजका संस्थापक अध्यक्ष ओम थापा काउचाका माईला दाजु काउचा भाई मुलसमाज तराई क्षेत्रका अध्यक्ष हनेरी सुबेदार मेजर थमान सिह काउचा र भिषम शाहीका दाजु जुनिया सम्पर्क समाज तराईका अध्यक्ष सुबेदार खडक बहादुर शाही लगायतले बिमारी को जिवन बचाउ अभियानकर्ता कान्छा बाबा सुबेदार लोक बहादुर खत्री मार्फत उक्त सहयोग रकम पठाईएको हो ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका खत्री हाल भारतको जुपिटर अस्पतालमा उपचाररत रहेका छन् । दुबै मृगौला खराब भएकाले मृगौला परिवर्तन गर्नुपर्ने डाक्टरहरुले सुझाव दिएपनि आर्थिक अवस्थाका कारण उनको उपचार हुन सकेको छैन् । उनलाई उपचारमा सहयोग गर्न साथै उनको जीवन रक्षाका लागि बेलायतबासी गुल्मेली एवम् विभिन्न क्षेत्रबाट सहयोग रकम सकंलन भएको गुल्मी जिल्ला समाज युकेले जनाएको छ ।

गृह जिल्लामा रहेका असहाय, विपन्न तथा अपागंता भएका व्यक्तिहरुका लागि समाजले निरन्तर सहयोग गर्दै आईरहेको भन्दै गुल्मी जिल्ला समाज युकेका अध्यक्ष बिर बहादुर बरालले सेर बहादुर खत्रीको उपचारका लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

यस पुन्य कार्यमा सहयोगी दाता हरू यस प्रकार छन (1) Gulmi jilla samaj UK £100. (2) Bhishma Shahi(Gulmi,Juniya)£100. (3) Nar Bahadur Thapa(Juniya Chidipani)£50. (4) Om Thapa Kaucha (Gulmi Jhapak)£15. (5)ganesh Sapkota (gulmi ) £15 (6) Tej Ranamagar(Masara) £21 (7) Gunbahadur Thapa £15 (8)Gokarna Basnet(Gulmi Gudakot)£20. (9) Bir Balal £20 (10) Ram Rana £20 (11)Sanu Thapa £15 (12) Tika Ram Thapa £15 (13) Jhapat Bhujel £20 (14) Motiram Thapa (रिमुवा गुल्मी) £51 (15) Top palli £20 16) Chhabi Thapa (Pomphuka) £15 17) Ram Galami £20 18-Mati pun 19) Barun Bhandari £21 20. Ganga Rana Bharsey £15 21. Shadhana Malla shahi £25. 22. Samjhana Malla thapa £25. 23. Ganesh Pandey India UP£10. 24. Jet Bahadur Ale magar £10. 25. Dipak Rai £15. 26. Roshan Shrestha £11. 27. Reshika Shrestha £11. 28. Sonam thapa magar£15 29. Prem Budhathoki-£20. 30. Kumar Rana (Remi) £ 20. 31. Mohan Shahi (Tilak) £25. 32. Rabi Thapa (Jubhung) £20 33. Om Burathoki £10 34. Tikaram Darlami £15 35.purna Kumar Bega £15 36. Sher Bdr Balal Gulmi/Daha £20 37.Ramu Darlami RPD THAPA £25 38. Ashford premier taxi ( min thapa)£20. 39. Dev Rana £15 40. Lal Kaucha Thapa ( Bharse) £20 41. Chet Rana Limgha £20. 42.Kisan Pun (Gulmi Bharse £20 43.Dawa Wangdi sherpa £10 44.Moti Lal Siris(Juniya Furlung)£30. 45. Rudra thapa(Gulmi charpala)£20. 46.Jeeb Pandey(Everest Inn)£50. 47. Prem gurung ( 1) £15. 48. Lal Rana (Limgha) £15 49. Dalprasad Thapa £20 50.Padam lal Bhujel £20

गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष ओम थापा काउचाले भनेका छन् “धन्यवाद सम्पुर्ण मनका र धनका धनी पबित्र परोपकारी मन दानबिर हरूलाई जो जस्ले यस पुन्य कार्यमा सहंभागी भई सहयोगी गरिदिनु भयो ।