सिड्नी । नेपाल फेस्टिबल सिड्नी २०२२ को प्रस्तुतीका लागि नेपालका चर्चित कलाकारहरु सिड्नी आईपुगेका छन् । पछिल्लो समय चर्चित लोक दोहोरी गायक प्रकाश सपुत एवम् चर्चित दिपक बज्राचार्य एवम् उनको रिदम ब्याण्डका कलाकारहरु सिड्नी आईपुगेका हुन् ।
नेपाल फेस्टिबल ब्रिजबेनको प्रस्तुतीपछि सिड्नी आईपुगेका उनीहरुलाई विमानस्थलमा भव्य स्वागत एवम् सम्मान गरिएको छ । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ र उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, रिजनल कोअर्डिनेटर दिनेश जोशी, एनआरएनए युवा सदस्य सबला बस्नेत लगायतले उनीहरुलाई स्वागत गरेका हुन् ।
कलाकारहरुको स्वागतार्थ ओलम्पिक पार्कमा भव्य कार्यक्रम गरिएको थियो । उनीहरुलाई खादा लगाएर स्वागत एवम् सम्मान गरिएको थियो । सिड्नी आईपुगेका कलाकारहरुले ब्रिजबेनमा जस्तै भव्य र बेजोड प्रस्तुती रहने भएकाले सम्पूर्णलाई फेस्टिबलमा उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् । १९ नोभेम्बर शनिवार नेपाल फेस्टिबल सिड्नी हुँदैछ । कलाकारहरुको स्वागत यस्तो देखियो, हेर्नुहोस् लाईभ भिडियो
https://www.facebook.com/Nepalfestivalsydney/videos/539557640878357






