सिड्नी । थिंकवाईज फाईनान्सियल ग्रुप अस्ट्रेलियाले मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ ।
५ नोभेम्बर तास्मानियाको मोन्टरोज फरसोर कम्युनिटी पार्कमा सम्पन्न कार्यक्रममा थिंकवाईज फाईनान्सियल ग्रुपले गरिरहेका कार्यहरुका बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा फाईनान्सियल ग्रुपको सिड्नी शाखाबाट टिका (सुवास) तामाङ,श्याम भण्डारी,सन्दिप अधिकारी तथा तास्मानियाबाट मनोज श्रेष्ठ, संयोग घिसिङ, रेयुस प्रधान, श्याम शाह, दिपक सिटौला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सन्दिप अधिकारीले उपस्थित सम्पूर्ण अतिथि एवम् ग्राहकरुलाई स्वागत गर्दै निरन्तर माया र साथको लागि सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै मनोज श्रेष्ठले थिंकवाइज फाइनान्सियल सोलुसन्सले प्रदान गरेका सेवाहरूबारे प्रकाश पार्दै आगामी दिनहरूमा पनि माया, साथ र विश्वासलाई निरन्तरता दिन अनुरोध गरे ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ,जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ र अन्य विभिन्न व्यक्तित्वहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रममा थिंकवाइज फाइनान्सियलले गरिरहेका कार्य एवम् कामहरुको बारेमा प्रकाश पार्दै ग्राहक र सेवाहरुको बारेमा छलफल गरिएको थियो ।







