एन्जाको दोश्रो साधारणसभा आज हुँदै, नयाँ नेतृत्व चयन गर्ने

सिड्नी । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेपलिज जर्नालिष्ट एसोसियसन (एन्जा)को दोस्रो साधारणसभा आज हुँदैछ ।

तास्मानियाको होर्बाटमा हुने साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

शुक्रवार रात्रि भोजका साथै खुल्ला सत्र र अन्य कार्यक्रम सम्पन्न गरेको एन्जाले शनिवार दिउसो बन्द सत्र मार्फत बार्षिक प्रगती प्रतिवेदनका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

साधारणसभालाई भव्यताका साथ सफल बनाउन उपाध्यक्ष निरू त्रिपाठी, महासचिव चिरन्जीवी देवकोटा, सचिव सरल गुरूङ, सदस्य नारायण खड्का बिहीवार नै तास्मानिया पुगिसकेका छन् भने संरक्षक हेमन्त काफ्ले, अध्यक्ष ऋषि आचार्य, कोषाध्यक्ष कृष्ण तिवारी, सदस्य तक्दीर अधिकारी लगायतका पत्रकारहरू आज होबोर्ट जाँदैछन् ।