अनु लामा
काठमाडौं । गायक कविन्द्र तामाङको “तिम्रो साथ, मेरो हात” नामक आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको शुक्रबार काठमाण्डौको मम प्लाजामा आयोजित एक पत्रकार सम्मेनलकाबीच सार्वजनिक गरिएको हो ।
गायक कविन्द्र तामाङकै शब्द संगीत रहेको गीतको म्यूजिक भिडियोमा नव मोडल मिना लामा र सागर घिसिङले अभिनय गरेका छन् । ९ ः ५७ सेकेण्डको उक्त गीतले प्रेमभाव बोलेको छ ।
म्यूजिक भिडियो सार्वजनिक गर्दै गायक तामाङले गीतले दर्शकको माया पाउने विश्वास व्यक्त गरे । उनले सागींतिक क्षेत्रलाई अगाडी बढाउन र नेपाली गीतसगींतको संरक्षण गर्न सबैको साथ र सहयोगको आवश्यकता पर्ने बताए ।
अजय स्याङ्तानले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन बिक्रम लामा मोक्तान र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने मिक्सिङ करसगं लामाले गरेका हुन् । पारिजात स्टूडियोमा रेकर्डिङ गरिएको गीतलाई हाईलाईट्स नेपाल युटुब च्यानलबाट बजारमा ल्याईएको हो ।
पत्रकार सम्मेलन कार्यक्रममा गायिका रेश्मा बमजन, अस्ट्रेलियाबाट आएका युवा व्यवसायी जेरी सोल्टी, गायक आस्मान लोप्चन, द्वन्द निर्देशक हेरुका लामा लगायतको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् गीतको म्यूजिक भिडियो






