अस्ट्रेलिया र नेपालमा लक्ष्मी पुजाको साईत किन फरक-फरक ?

सिड्नी । नेपाली हिन्दु समाज अस्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा लक्ष्मीपूजा तथा भाइटीकाको शुभ साईत सार्वजनिक गरेको छ । नेपाल पञ्चागं निर्णायक समितिसगंको सहकार्यमा समाजले अस्ट्रेलियाका विभिन्न सहरहरुका लागि छुट्टा छुट्टै साईत सार्वजनिक गरेको छ ।

सोमबार समाजले सार्वजनिक गरेको साईत अनुसार नेपालमा अक्टोबर २४ तारिख लक्ष्मी पुजाको साईत रहेपनि अस्ट्रेलिायमा भने २५ तारिख मात्रै लक्ष्मी पुजाका लागि साईत जुरेको छ ।

तिथि मितिको आधारमा लक्ष्मी पुजा गर्दा औँसी तिथि नै चाहिने र अस्ट्रेलियामा औँसी तिथि बेलुकी १० बजेर ५९ मिनेट अर्थात मध्यरातबाट मात्रै सुरु हुने भएकाले अस्ट्रेलियामा २५ तारिख लक्ष्मी पुजा गर्नुपर्ने नेपाली हिन्दु समाज अस्ट्रेलियाका पण्डित ज्योतिष बालचन्द्र अधिकारी लण्डन नेपाल न्यूजलाई जानकारी दिए । त्यस्तै ग्रहणका कारण पनि लक्ष्मीपुजाको साईत फरक फरक परेको उनको भनाई छ ।

सार्वजनिक गरिएको साईत अनुसार सिड्नीमा २५ अक्टोबर बेलुकी ८ः०२ बजे लक्ष्मी पुजा गर्ने र २७ अक्टोबर बिहान ११ः१५ बजे भाईटिका लगाउनु उत्तम साईत रहेको छ । त्यस्तै मेलवर्नमा अक्टोबर २५ तारिख बेलुकी ७ः४५ बजे लक्ष्मीपुजा र अक्टोबर २७ तारिख बिहान ११ः११ बजे भाईटिका, ब्रिसबेनमा २५ तारिख बेलुकी ७ः४० बजे लक्ष्मी पुजा र २७ तारिख बिहान ११ः१७ बजे भाईटिका लगाउनु उत्तम रहेको छ ।

त्यस्तै एडिलेडमा २५ अक्टोबर बेलुकी ७ः३५ बजे लक्ष्मीपुजा २७ अक्टोबर बिहान ११ः१२ बजे भाईटिका, क्यान्वेरामा बेलुकी ८ः१७ बजे लक्ष्मीपुजा र २७ अक्टोबर बिहान ११ः१५ बजे भाईटिका, तास्मेनियामा सोही तारिखमै बेलुकी ७ः४४ बजे लक्ष्मीपुजा र २७ तारिखमै बिहान ११ः२१ बजे भाईटिका तथा पर्थमा २५ तारिखमै बेलुकी ८ः२५ बजे लक्ष्मीपुजा २७ तारिखमै बेलुकी १०ः०७ बजे भाईटिका र डार्विनमा सोही तारिखमै बेलुकी ६ः४५ बजे लक्ष्मीपुजा र २७ तारिखमै बिहान १०ः०१ बजे भाईटिकाका लागि उत्तस साईत रहेको छ ।

टिका लगाउने व्यक्ति पश्चिम फर्केर लगाउन उत्तम रहेको र महालक्ष्मी पुजाको लागि माथिको समयबाट ३ घण्टा भित्र गरिसक्नुपर्ने पण्डित प्रकाश ढोडारीले बताए । यस अवधीमा नेपाल र भारतमा सूर्य ग्रहणको प्रभाव रहेपनि अस्ट्रेलियामा भने ग्रहणको सुतक नलाग्ने उनले बताए ।