लन्डन । भूतपूर्व गोर्खा मुद्दामा त्रिपक्षीय वार्ता आउंदो ३ नोभेम्बर बिहान हुने भएको छ ।
बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीच नोभेम्बर ३ तारिख बिहान ११.३० बजे रक्षा मन्त्रालय (एमओडी) मा वार्ता हुने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।
लामो समयदेखि समान पेन्सन, सुविधा र क्षतिपूर्ति माग्दै आएका भूतपूर्व गोर्खाहरुले वार्ता मिति तय गरिएको खवर सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । तर, कुनै पनि वहानामा वार्ता ढिलाइ गरिए कठोर आन्दोलन थाल्ने चेतावनी पनि उनीहरुको छ ।






