एनआरसीले गर्यो मल्टिकल्चरल स्पोर्टस् टुर्नामेन्ट

सिड्नी । नेप्लिज रिक्रियशन क्लव एनआरसीले मल्टिकल्चरल स्पोर्टस् टुर्नामेन्ट सम्पन्न गरेको छ ।

सन् २००९ मा संस्थापक विष्णु हमालको नेतृत्वमा स्थापित क्लवले प्रत्येक वर्ष अस्ट्रेलियामा विभिन्न ४ बिधाका मल्टिकल्चरल स्पोर्टस् टुर्नामेन्ट सञ्चालन गर्दै आईरहेको र विभिन्न विधामा उत्कृष्ट प्रतियोगीहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आईरहेको छ ।

एनआरसीले यस वर्षपनि गल्फ, ब्याडमिन्टन,टेबल टेनिस लगायतका प्रतियोगीतात्मक मल्टिकल्चरल खेल सञ्चालन गरेको नेप्लिज रिक्रियशन क्लवका अध्यक्ष सुवर्ण शर्माले जानकारी दिए ।

उनका अनुसार यसवर्षदेखि मल्टिकल्चरल पौडी खेल पनि सञ्चालन गर्न थाएिको छ । सबै खेलमा विजयी प्रतियोगीहरुलाई अवार्ड नाईट सम्पन्न गरी पुरस्कृत गरिएको छ ।

क्लवले यस वर्ष पनि विभिन्न विधामा प्रतियोगीतात्मक रुपमा खेल सञ्चालन गर्ने गरेको र यस वर्षको कार्यक्रम पनि सम्पन्न गरिएको क्लवका अध्यक्ष शर्माले बताए ।

सबै खेलमा प्रमथ द्धितिय तृतीय र पौडीमा प्रथम तथा द्धितिय हुने प्रतियोगीहरुलाई अवार्ड नाईट मार्फत पुरस्कृत गरिएको र पौडी खेल यस वर्षदेखि मात्रै सञ्चालन भएकाले थोरै सहभागी हुँदा प्रथम र द्धितिय मात्रै घोषणा गरिएको उनले जानकारी दिए ।

अवार्ड वितरण समारोहमा पारामाटा काउन्सिलका डेप्यिूटी मेयर समिर पाण्डे, न्यू साउथ वेल्स राज्यका महावाणिज्यदूत दिपक खड्का, क्लवका सल्लाहकारहरु, पूर्व अध्यक्ष्ँहरु विष्णु हमाल, जबिन श्रेष्ठ, खेलाडी तथा विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा कल्चरल कोअर्डिनेटरको भूमिका दिपेन बानिँया र सनिता मास्केले गरेका थिए । त्यस्तै कार्यक्रमको सुरुवात महासचिव अञ्जना सिंह श्रेष्ठ र सचिव प्रमिला थापाले गरेका थिए ।

नेपाली ईण्डियन,चाईनिज नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने र्यामवाल्क पनि गरिएको थियो ।  कार्यक्रम भव्य रुपमा सम्पन्न भएको क्लवले जनाएको छ ।