काठमाडौं, २६ जेष्ठ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषदको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो । उमेर हदका कारण प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले आगामी आषाढ २३ गतेबाट अवकाश पाउँदै छन् । संसदीय सुनुवाइपछि श्रेष्ठ प्रधानन्याधीश बन्नेछन् ।
प्रधानन्यायाधीशमा कल्याण श्रेष्ठको नाम सिफारिस






