नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टरको अध्यक्षमा निर्वाचित भए क्या.ताम ढेगां,एनआरएन यूके अध्यक्षले दिए बधाई

लण्डन । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशन सम्पन्न भएको छ। ४ सेप्टेम्बर आइतबारका दिन अल्डरसटमा आयोजित अधिवेशनले रिटायर्ड क्याप्टेन ताम ढेगाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षहरुमा माधव कार्की,होम बिस्ट,राम लिम्बु,सचिव तेजबहादुर पुन,सहसचिव कृष्ण बस्याल,कोषाध्यक्ष निर्मल श्रीस र सहकोषाध्यक्ष मोहन थापा चयन भएका छन्। मिडिया सचिव नगेन्द्रराज नेम्वाङ ,सदस्यहरुमा मेजर प्रकाश गुरुङ,राम खान र पूर्ण थापा चयन भएका छन् ।

एसोसिएसनमा नयाँ सदस्यहरु मेजर प्रकाश गुरुङ,मोहन थापा, राजदीप राई,कृष्ण बस्याललाई अध्यक्ष रानाले खादा ओडाइ स्वागत गरेका थिए। महासचिव होमराज विष्टले कार्यअवधि गतिविधि संस्थाको प्रतिवेदन र सहकोषाध्यक्ष विष्णु छन्त्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए।

होम रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनको औपचारिक कार्यक्रम महासचिव होमराज विष्टले सन्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम नवनियुक्त सचिव तेज पुनले सन्चालन गरेका थिए।

यसैबीच गैर आवासीय नेपाली सघं एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरले क्याप्टेन ताम ढेगांलाई बधाई दिएका छन्। नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन युकेको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित ढेगांलाई अध्यक्ष गाहाले सामाजिक सञ्जाल मार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

गाहाले सामाजिक सञ्जालमा लेखेका छन् अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा आदरणीय रिटायर्ड क्याप्टेन ताम ढेगा मगर लगायत सम्पूण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना दिन चाहन्छु ।

गुल्मीमा जन्मिएका क्याम्पटेन ढेगां गुल्मी जिल्ला समाज युकेको सल्लाहकार समेत हुन् ।