पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्कने क्रममा विमानस्थलमा जे देखियो (भिडियो)

purwa-raja

काठमाडौं, । पूर्वरानी कोमल शाहको स्वास्थ्य उपचारपछि आइतबार शाह दम्पत्ति स्वदेश फर्किएका छन् । भूकम्पले मुलुक आहातमा भएका बेला चाँडै स्वदेश फर्कने बाचा गर्दै केही हप्ता अघि भारत प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह पत्निका साथ परिवारका अन्य सदस्यसहित स्वदेश आइपुगेका हुन् ।

पूर्व रानी कोमलको मुटुको शल्यक्रिया हुने भएपछि भारत गएका पूर्वराजा ज्ञानेन्द्र आइतबार स्वदेश फर्कने जानकारी पाएपछि पुगेका उनका समर्थकको विमानस्थलमा बाक्लो भीड लागेको थियो । उनीहरुले ज्ञानेन्द्रको समर्थनमा नाराबाजी समेत गरेका थिए ।