लण्डनमा पशुपतिनाथ मन्दिरको तीजमा छमछमी नाचे’८ सय नेपाली-भिडियो सहित

लण्डन । लण्डनको पशुपतिनाथ मन्दिरको आयोजनामा हरितालिका (तीज) महादेवको पूजा आराधना गरी मनाएका छन्।  कार्यक्रम आयोजक पशुपतिनाथ मन्दिरले तीज विशेष कार्यक्रम गरेर आफ्नो सस्कार,संस्कृति लाई जगेर्ना गर्ने हेतुले नेपाली महिला हरुको महान पर्ब हरितालिका तीज भब्य रुपमा सम्पन्न गरेको हो ।

पशुपतिनाथ मन्दिरको आयोजनामा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा पण्डित निलहरि घिमिरेले पूजा पाठ गरेपछि कार्यक्रम औपचारिक सुरु भएको थियो । ततपश्चात कार्यक्रमको विधिवध रुपमा उद्घाटन सहित बेलुकी सम्मै कार्यक्रममा उपस्थित ब्रतालु दिदी बहिनीहरुले कलाकारहरुको साथमा आफ्ना मौलिक गीत तथा नृत्यहरु प्रस्तुत गर्दै तीजलाई विशेष बनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बेलायत स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै दिदी बहिनीहरु एकै ठाउँ भेला भएर तीज मनाउन पाउँदा खुसी लागेको भन्दै महान पर्व तीजमा महिलाहरुलाई यस्तो अवसर जुटाएकोमा पशुपति नाथ मन्दीरको प्रसंसा गर्दै सबैलाई तीजको शुभकामना सन्देश व्यक्त गरेकी थिईन् । सो अवसरमा विशेष अतिथी राजदुतकी धर्मपत्नी सुनिता आचार्यले हिन्दू नारीहरुको पर्व तीजको अवसरमा दिदीबहिनी हरुलाई शुभकामना प्रदान गरेकी थिईन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा औपचारिक कार्यक्रमको सञ्चालन  सचिव जिवन वाग्ले र सांस्कृतिक कार्यक्रम कोषाध्यक्ष भोजराज कडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष होम शर्माले तीजको शुभकामना दिए ।

तीज विशेष कार्यक्रममा उपाध्यक्ष सरिता पौडेलेले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । मन्दिर व्यवस्थापन समितिकी पहिलो महिला ट्रष्टी तारा भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन् ।

कार्यक्रमलाई सफल बनाउन मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत सम्पूणर्को जोस जागर फरक देखिन्थ्यो। तीजलाई पशुपति नाथ मन्दिरले पछिल्लो समय बेलायतमा सबैभन्दा बढी महिलाहरु उपस्थित बनाएर एकै ठाउँमा एशियन कम्युनिटी जस्तो ठुलो हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूण सहयोगीप्रति अध्यक्ष डासु पाण्डेले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा ८ सय नेपाली महिला दिदी बहिनीहरुको उपस्थितिमा पुजाआजा सहित सम्पन्न भएको अध्यक्ष पाण्डेले बताए ।

आरतीसगैं सुरु भएको कार्यक्रममा विभिन्न पुजापाठका साथमा निरन्तर तीजगीत तथा नृत्य प्रस्तुत सहित उल्लासमय बनेको थियो ।कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायिकाहरु शान्ता रानी परियार र विमला श्रीसले तीज गीतमा प्रस्तुती दिएका थिए भने डिजे हेम विष्टले विभिन्न तीजको गीतमा नचाएका थिए ।

तीजमा ब्रत बसेका दिदी बहिनीहरुले आफ्नो पतिको दिर्घायु एवम् आरोग्यको कामना गर्दै पुजाआजा तथा रमाईलोमा सामेल भएका थिए । लण्डन नेपाल न्यूजसगंको लाईभमा तीजको खुसीयाली साटासाट गर्दै केही दिदी बहिनीहरुले कार्यक्रम निकै रमाईलो र सौहार्दपूणर् बनेको बताए ।

उनीहरुले बेलायतमा रहेर पनि नेपालकै झल्को दिलाउने गरी पशुपतिनाथ मन्दिरमा गरिएको पुजाआजा तथा नाचगान र अन्य तीज विशेष कार्यक्रमले आफुहरुलाई नेपालमै भएको याद दिलाएको बताए ।

कार्यक्रममा सहभागी ब्रतालु महिलाहरुको लागि निशुल्क फलफूल तथा पानी, जुस सहितका पेय पदार्थको प्रबन्ध गरिएको थियो । हिन्दू महिलाहरुको महान पर्वको अवसरमा प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ

कार्यक्रम स्थलबाट लण्डन नेपाल न्यूजका लागि प्रकाश कडेंल र मञ्जु भण्डारीले स्थलगत रुपमा प्रत्यक्ष प्रशारण गरेका थिए ।

पुरा भिडियो हेर्नुस्