सिड्नी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीले आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
अगष्ट २६ तारिखमा ईगंल बर्न हलमा सम्पन्न तीज विशेष कार्यक्रमका नेपालका चर्चित कलाकारहरुका साथमा अन्य नाचगान, दरखाने कार्यक्रम लगायत मनोरञ्जनात्मक कार्यक्रमका सम्पन्न भएका छन् ।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरु बसन्त थापा र देवी घर्ती लगायत अन्य स्थानीय कलाकारहरुले तीज गीतमा आफ्नो सागींतिक प्रस्तुतीका साथ दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
साउथ वेष्टमा कम्युनिटी सेन्टर निर्माणको सहयोगार्थ सम्पन्न कार्यक्रम सोचे भन्दा पनि भव्य रुपमा सम्पन्न भएको कम्युनिटीका अध्यक्ष सुदिप ढकालले जानकारी दिए ।
नेपाली समुदायका विभिन्न सघंसंस्थाहरुलाई कार्यक्रम गर्न समेत असहज भईरहेको अवस्थालाई मध्येनजर गरेर कम्युनिटीले भवन निर्माणको गरेको कार्यक्रमबाट उल्लेख्य मात्रामा रकम सकंलन भएको र त्यसको आयव्यय कम्युनिटीको आगामी बैठकबाट गरिने जानकारी दिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, साउथ वेष्ट नेप्लिज कम्युनिटीका पूर्व अध्यक्ष देवेन्द्र सापकोटा लगायत संस्थाका पदाधिकारी र नेपाली समुदायका व्यक्तिहरु गरी झण्डै ३ सय जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रम धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको थियो ।






