सिड्नी । साउथ वेष्ट नेप्लिज कम्युनिटी सिड्नीले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कम्युनिटीले यही अगष्ट २६ तारिखमा ईगंल बर्न हलमा तीज विशेष कार्यक्रमका आयोजना गरेको हो ।
बेलुकी ५ बजेदेखि १० बजेदेखि आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरु बसन्त थापा र देवी घर्ती लगायत अन्य स्थानीय कलाकारहरुले तीज गीतमा आफ्नो सागींतिक प्रस्तुतीका साथ दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
सांस्कृतिक कार्यक्रमसगैं अन्य दर खाने कार्यक्रम र रमाईलो तथा मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको कम्युनिटीका अध्यक्ष सुदिप ढकालले बताए । कार्यक्रमबाट सकंलित रकम कम्युनिटी सेन्टर निर्माणको लागि प्रयोग गर्ने उद्धेश्य राखिएको छ ।
कार्यक्रमबाट सकंलित रकम साउथ वेष्टमा कम्युनिटी सेन्टर निर्माणका लागि प्रयोग गर्ने प्रमुख उद्धेश्य रहेको ढकालले बताए । ढकालले अहिलेसम्म नेपाली समुदायका विभिन्न सघंसंस्थाहरुलाई कार्यक्रम गर्न समेत असहज भईरहेको अवस्थालाई मध्येनजर गरेर कम्युनिटीले भवन निर्माणको लागि पहल गरेको बताए ।
कार्यक्रमको आन्तरिक तैयारी सम्पूर्ण पुरा भईसकेको र कार्यक्रममा सहभागीताका लागि कलाकारहरु समेत आईसकेको पूर्व महासचिव एवम् कार्यकारी सदस्य प्रेम शाहले बताए ।
मौलिक कला संस्कृतिको संरक्षण सगैं नेपाली कम्युनिटी सेन्टरको स्थापना गर्ने र प्रचार प्रसार गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको शाहले बताए । महासचिव सुरेश रेग्मीले कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भएको भन्दै तीज विशेष कार्यक्रम भव्य हुने भएकाले सबैलाई उपस्थित हुन आग्रह गरे ।
कार्यक्रममा उपस्थित हुनका लागि उनले सबैसगं अनुरोध समेत गरेका छन् । कार्यक्रमलाई धुर्सन कन्ट्रक्सनले मुख्य प्रायोजन गरेको छ ।






