बेलायतमा नेपाली नर्स रोजगारीका लागि आउने बाटो खुल्यो

sf7df8f}F, ^ ebf}M ;dembf/L kq cfbfgk|bfg >d, /f]huf/ tyf ;fdflhs ;'/Iff dGqfnodf ;f]daf/ cfof]lht sfo{qmddf g]kfn / a]nfotaLr a]nfotsf] :jf:Yo If]qdf g]kfnL :jf:YosdL{nfO{ /f]huf/L k|bfg ug]{;DaGwL ;dembf/L kqdf x:tfIf/ kl5 kq cfbfgk|bfg ub}{ >d ;lrj Psgf/fo0f cof{n / g]kfnsf nflu a]nfotL /fhb"t lgsf]nf kf]ln6 . sfo{qmddf >d dGqL z]/axfb'/ s'Fj/sf] pkl:ylt /x]sf] lyof] . tl:a/ M /Tg >]i7÷/f;;

लण्डन । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति (नर्स) ल्याउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत आउने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

उक्त समझदारी पत्रमा हस्ताक्षरका क्रममा श्रम मन्त्री शेरबहादुर कुँवर पनि उपस्थित थिए । नेपालबाट नर्ससँगै ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्ट पठाउने गरी श्रम सम्झौता भएको हो । दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि हस्ताक्षर भएको हो ।

बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउने तयारी नेपालले गरेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोग लिइने छ ।

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । बेलायत जाने नर्सले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक ल्याउनुपर्छ । त्यस्तै नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्नेछ। यस्तै पाँच वर्षसम्म काम सकेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने शर्त पनि छ।

बेलायत जानका लागि साढे सरकारबाट मान्यता प्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्नेछ ।