‘सिटी टू सर्फ’मा नेपालीको सहभागीता : नेपालको पर्यटन प्रवर्दनमा टेवा पुग्ने विश्वास

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा प्रत्येक वर्ष हजारौँको सहभागीतामा हुँदै महत्वपूर्ण ईभन्टस् ‘सिटी टू सर्फ’ यस वर्ष १४ अगष्ट आईतबार सम्पन्न भएको छ । उक्त ईभेन्टस्मा नेपालीहरुको तर्फबाट पनि एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास, न्यू साउथ वेल्स राज्यपरिषद वाणिज्य दुतावास लगायतका सघंसंस्थाहरुले सयुंक्त रुपमा सहभागीता जनाएका थिए ।

 

बिहान ८ बजे हाईड पार्कबाट सुरु भएको दौड विलियाम स्त्रीट हुँदै १४ किलोमिटर दुरी पार गरी बोन्डाईबीचमा गएर समापन भएको थियो । सिटी टू सर्फमा नेपालको पर्यटन क्षेत्रको पर्वद्धन र प्रचार प्रसार गर्ने उद्धेश्यले अस्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु सहित विभिन्न सघंसंस्थाले भाग लिने गरेका छन् ।

यस वर्षको दौडमा नेपालको पर्यटन प्रर्वधनको लागि सहभागिता जनाइएको थियो । दौडमा सहभागी नेपालीहरुले ‘लेट्स गो नेपाल’ अंकित भेष्ट लगाएर यो दौडमा सामेल भएका थिए । दौडमा नेपाली ३ वटा समुहले भाग लिएका थिए । जसमध्ये निलो समुह ९ जना, पहेँलो समुहबाट ११ जना, र सुन्तला कलर समुहबाट २० जना र अन्य गरी १०० नेपालीले सहभागीता जनाएको बताईएको छ ।

नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न यो ईभन्टस्मा प्रत्येक वर्ष भाग लिने उद्धेश्य रहेको राजदुतावासका तृतीय सचिव यादव कोईरालाले बताए । नेपाल घुम्न जान निम्तो सहित नेपालको पर्यटन क्षेत्रको प्रचार समेत दौडमा सहभागीहरुले गरेको उनको भनाई छ ।

एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले प्रत्येक वर्ष नेपाली सघंसंस्थाहरु मिलेर कार्यक्रममा सहभागीता जनाउने कार्यक्रम अनुसार यस वर्ष पनि नियमति रुपमा सहभागीता जनाएको बताए । न्यू साउथ वेल्स राज्य परिषद कार्यदलका साथै अष्ट्रेलिया रहेका सम्पूणर् नेपाली समाजका सदस्यहरुको अझै थप सहयोगको अपेक्षा राखेको बताए । उनले आफुलाई सघंसंस्थाहरुको उपस्थिति देखेर खुसी लागेको र  भविष्यमा अझै धेरै नेपालीहरुलाई सहभागी गराउने बताए ।

कार्यक्रममा न्यू साउथ वेल्स राज्य परिषद महावाणिज्यदूत दिपक खड्का, एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, नेपाली दुतावासका तृतीय सचिव यादव कोईराला,दुतावासका कर्मचारी मोहन लामा पर्यटनदूत स्वतन्त्र प्रताप शाह ,एनआरएनए रिजनल कोअर्डिनेटर केशव सापकोटा,एन्टाका अध्यक्ष शुभ्नस शाह, एनएएका अध्यक्ष डा. मधु पुडासैनी,पोखरा समाज अस्ट्रेलियाका उपाध्यक्ष हिमपती गुरुङ, एनआरएनए एससीसी ट्रेजर भावना श्रेष्ठ, एसीसी सचिव बिनोद कुँवर, एसीसी मेम्बर विकास झा, एनआरएनए पूर्व आईसीसी सदस्य निरज श्रेष्ठ, युवा सदस्य सबला बस्नेत,एससीसी सदस्य सनिता लामा, सुकृति भट्ट, नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य परिषद सयोंजक डा.समिता गुरुङ, सल्लाहकार अर्जुन पौडेल,सन्तोष श्रेष्ठ,अस्ट्रेलियन जर्नालिष्ट एशोसियसनका अध्यक्ष ऋषि आचार्य लगायतको सहभागीता रहेको थियो ।

बषेंनी ६० देखि ८० हजारसम्म सहभागी हुने उक्त दौडमा यसवर्ष ६० हजारले भाग लिएका थिए । ५० औँ ‘सिटी टू सर्फ’को पुरुषतर्फ विजेता ३५ वर्षीय अस्ट्रेलियन ईलेक्टिसियन लियाम एडम बनेका छन् । उनले ४१ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेश्रो पटक जित हासिल गरेका छन् ।

त्यस्तै महिला तर्फ लियाना पोमेनी विजेता बनिन् । उनले निर्धारित दुरी ४५ मिनेट ४० सेकेण्डमा पार गरेकी थिईन् । रनहरुलाई बाटो बाटोमा पानी तथा प्राथमिक उपचारका सामाग्रीहरु राखेर सेवा दिईएको थियो । कार्यक्रमलाई वेष्ट प्याक बैकं र सिड्नी मडिङ हेराल्डले प्रायोजना गरेका थिए ।

१४ किलोमिटर दुरी पार गर्न नेपालीहरुलाई झण्डै १ घण्टा २० मिनेट देखि २ घण्टा लागेको थियो । दौडलाई सहज बनाउनका लागि विभिन्न ठाउँमा पानी,एम्बुलेन्स तथा प्राथमिक उपचारका सामाग्रीहरु राखिएको थियो ।