सिड्नी । अष्ट्रेलियाको सिड्नीमा तेश्रो ग्रेस ईन्टरनेशनल तालबराही कप २०२२ को अवसरमा आयोजित कार्यक्रम आईतबार हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि फेवा एफसी फूटबल क्लबको आयोजनामा अगष्ट १४ आइतवारका दिन अवर्नको बेब्स एभिन्यूमा प्रतियोगीता आयोजना हुँदैछ ।
खेलको माध्यमबाट अष्ट्रेलियामा बसोबास गर्ने सबै फुटबलप्रेमी नेपालीहरूबीच सीप र अनुभवहरू बाँडफाँड गर्ने तथा प्रदर्शन गरेर सद्भाव ल्याउन साथै भाइचारा विस्तार गर्ने उद्धेश्यले प्रतियोगीताको आयोजना गरिएको फेवा एफसीका अध्यक्ष विश्वास गुरुङले जानकारी दिए । कार्यक्रमको अन्तिम तयारी हुँदै गरेको उनले बताए ।
तेश्रो तालबराही कप गत वर्ष नै आयोजना गर्ने भनिएपनि लामो समयदेखि कोरोना सक्रंमणका कारण कार्यक्रम हुन सकेको थिएन् । उक्त प्रतियोगितामा खुला तर्फ २४ समूह तथा ३५ बर्ष माथिका भेट्रान खेलाडीहरुका ८ समूह गरी ३२ समूहले भाग लिएका छन् ।
यसैबीच, राष्ट्रिय फुटबल टोलीका फरर्वाड विमल राना र मिडफिल्डर हेमन्त थापाले पनि फेवा एफसीबाटै उक्त प्रतियोगिता खेल्ने क्लबले जनाएको छ । फुटबलर राना र थापा गत शनिबार मात्रै सिड्नी आइपुगेका थिए ।
आयोजकका अनुसार खुला तर्फको प्रतियोगितामा प्रथम हुने समूहले ४ हजार अष्ट्रेलियन डलरसहितको पुरस्कार पाउने छन् भने उपविजेताले १५ सय डलर पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्ट हुने खेलाडीले १ सय डलर, सबैभन्दा बढी स्कोर ल्याउनेले १ सय डल, बेस्ट गोलकिपरले १ सय डलर पाउनेछन् । अध्यक्ष गुरुङका अनुसार अनुशासित समूहलाई उत्कृष्ट प्रस्तुती ट्रफी र प्रमाणपत्रहरु प्रदान गरिने भएको छ ।
त्यस्तै ३५ बर्षभन्दा माथिका भेट्रान खेलाडीहरु तर्फ प्रथम हुने टिमलाई १ हजार डलर, द्धितिय हुनेलाई ५ सय डलर साथै बेस्ट प्लेयर, बेस्ट गोलकिपर, सबैभन्दा धेरै स्कोर ल्याउनेहरुलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिने छ ।
ग्रेस इन्टरनेशनल टाइटल स्पोन्सर रहेको उक्त प्रतियोगितामा र प्रोपटिज एसोसियट स्पोन्सरको रुपमा रहेको छ । प्लाटिनम स्पोन्सरको रुपमा मान्चा त्यस्तै गोल्ड स्पोन्सरहरुमा हंग्री चिफ्स,ब्राण्ड ईजि अस्ट्रेलिया,डिलाईट टुर एण्ड ट्राभल्स, जोरिक गु्रप,ईटिसी कलेज,क्यापेला क्लिनिङ सर्भिस,स्ट्याण्ड आउट कमर्ल के डिभिटेशन र एक्टिभ मोर्टगेज एन्ड फाइनान्स रहेका छन् ।
भने सिल्भर स्पोन्सरहरुमा एभरेष्ट कम्युनिकेसन, नेपाल ज्वेलर्स, प्रसेन्ट सर्भिसेस्, किगंफोर्स ईन्टरनेशनल ईन्स्टिच्युट,एवाई क्लिनिङ सर्भिसेस तथा फरस्ट लेसन ड्राइभिङ्ग स्कूल रहेका छन् । त्यस्तै ब्राण्ड तर्फ बुद्ध एसियन ग्रोसरी र स्मुथ कन्भोएन्सिङ रहेको छ ।
प्रतियोगिता सञ्चालन गर्नको निम्ती पोखरा समाज अष्ट्रेलिया, एलजी एसोशियसन अष्ट्रेलिया, वेस्ट साईड ब्रदर वुड, मिडिया पार्टनरको रुपमा लण्डन नेपाल न्यूज, नेप्लिज अष्ट्रेलियन र नेपाली टचले साथ दिने भएका छन् । उक्त खेल फ्यूजन स्पोर्ट्स र गोल नेपाल मार्फत प्रत्यक्ष प्रशारण गरिने भएको छ ।







