चार्ल्टन नेपाली समाज यूकेले २१ अगस्टमा भव्य तीज विशेष कार्यक्रम गर्दै

शिब भण्डारी

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले तीज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तीजको अवसर पारेर समाजले यस वर्षको तीज कार्यक्रम अगष्ट २१ तारिख आईतबार मेरिडियन स्पोर्टस क्लवको सभाहलमा बेलुकी ५ः३० बजेदेखि गर्ने भएको हो ।

नेपाली मौलिक तीज गीत तथा कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा तीज विशेष नाचगान सगैं रमाईलो कार्यक्रम र दर खाने कार्यक्रम समेत रहेको चाल्र्टन नेपाली समाज युकेका उपाध्यक्ष प्रकाश कडेंलले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुलाई एकजुट गराई हरितालिका तीज मनाउने र एकआपसमा भेटघाट भई सुख दुख साटासाट गर्ने अवसर समेत रहेको कार्यक्रममा उपस्थित हुन् सबैमा अध्यक्ष रेखा खरेलले अनुरोध गरेकी छन् ।

कार्यक्रम अवधिभर स्वादिष्ट खान सहितको दर खाने कार्यक्रम, चर्चित डिजे र नेपाली चर्चित राष्ट्रिय कलाकारहरुको साथमा नाँच्दै रमाईलो गर्ने समाजले जनाएको छ ।

त्यस्तै समाजका महासचिव टि.एन.रिजालले बेलायतमा रहेका सम्पूर्ण दिदी बहिनीलाई उपस्थितिका लागि औपचारिक रुपमा जानकारी गराईएपनि उनले सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह समेत गरेका छन् ।

कार्यक्रममा प्रवेशका लागि समाजले दिदीबहिनीहरुको लागी १० पाऊण्ड , पुरुष दाजुभाईहरुको लागी १२ पाऊण्ड, ५ वर्ष भन्दा माथी ११ वर्षसम्मका बालबालिकाहरुका लागी ५ पाऊण्ड र ५ वर्ष मुनीका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।