काभ्रेका भुकम्प पीडितहरुको सहयोगार्थ परोपकार प्राथमिक उपचार केन्द्र (पीपीयुके) धुलिखेलको सक्रियतामा राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको टुकुचा नाला ७ र ८ मा केन्द्रको अगुवाइमा भुकम्पाबाट प्रभाबित १ सय ८० घर दलित परिवारलाई राहत स्वरुप चामल, नुन, तेल, किचन सामाग्रीहरु बितरण गरिएको थियो ।
रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल, नेपाली घर, तमुधी कोलोराडो अमेरिका, इरा हेल्थ फाउन्डेशन, ग्रीन सोल्जर्सद्वारा संकलित सो राहतसामाग्री प्रसिद्ध गायीका कोमल वली, समाजसेवी बिकु लामा, डा. गिर्बान राज तिमील्सिना, प्रज्ञा, शरद, अचुत गुरुङले संयुक्त रुपमा बितरण गरेका थिए ।
सोही अवसरमा इरा हेल्थ फाउन्डेशनका डा.गिर्बान राज तिमील्सिनाले १ सय ६५ जनाको स्वास्थ्य परिक्षणका साथै औषधी बितरण समेत गरेका थिए । कार्यक्रममा भुकम्पका कारण मनोवैज्ञानिक त्रासमा रहेका नाला क्षेत्रका विद्यार्थी, शिक्षकशिक्षिका तथा अविभावकहरुलाई प्रसिद्ध गायीका कोमल वलीले म्युजिक थेरापीका साथ मनोरञ्ज समेत प्रदान गरेका थिए ।







