काठमाडौँ । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बीएन्डबी अस्पतालनजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
बा. ३ ख ४४४० नम्बरको बस बा. २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिँदा ३ जना घाइते भएका छन् ।
माछा बोकेको गाडीलाई ठक्कर दिएर बस पनि दुर्घटनामा परेको हो । यस्तै त्यही क्रममा मोटरसाइकल पनि दुर्घटनामा परेको छ ।
दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार बीएन्डबी अस्तालमा भइरहेको छ । बसले थिच्दा ट्याक्सी चालक संजोग घिसिङ र मोटरसाइकल चालक पनि घाइते भएका हुन् ।
बस र ट्याक्सीमा यात्रु भने थिएनन् । बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






