नयाँ दिल्ली, (एजेन्सी) – विश्वको सबैभन्दा चर्चित सर्च इन्जिन गुगलमा मंगलबार भारतका टप टेन अपराधीको खोजी गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर देखिएपछि सामाजिक सञ्जालयमा यसको तीव्र आलोचना भएको छ ।
मानिसहरुले गुगल रिजल्टको स्क्रिनसटलाई सामाजिक सञ्जालबाट सेयर गर्दै गुगलको समेत आलोचन गरेका छन् । मंगलबार बिहान ट्वीटरमा टपटेन क्रिमिनल प्रमुख टे«न्डिङमा रहेको थियो । गुगलले भारतका मूख्य अपराधिको सुचिमा मोदीको फोटो सहित अन्डरवल्ड डन दाऊद इब्राहिम, ओसामा बिन लादेन लगाएतको फोटो पनि देखिन्छ । मोदी विरोधिहरुले भने यसको फाइदा उठाउँदै मोदीको आलोचना गरेका थिए ।
कांग्रेस प्रवक्ता संजय झाले चुटकी दिँदै भने मोदी दुनियाको भरोसा केन्द्र सर्च इन्जिनमा मोदीको यस्तो हालत ? उनले उनले भनेका छन् । ‘भलै मोदीले विदेशी धरतीमा भारतको अपमान गर्छन् । तर हामीले गुगलको पेजमा उनको अपमान गर्नुहुँदैन ।’







