लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । आइतबार लन्डन ह्यारोस्थित ब्लुरुम स्पोर्टस् भेन्यूमा सम्पन्न एक विशेष समारोह आयोजना गरी स्थापना दिवस एवम् १० औं वार्षिकोत्सव मनाईएको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले समय अनुकुल पत्रकारहरुलाई क्षमता वृत्ति गदै जानु पर्नेमा जोड दिए ।
उनले नेपाल बेलायतबीच सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध बिस्तारहरु बढ्दै गएपछि पत्रकारहरुलाई थप अवसर र चुनौती थपिएको बताए । 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दुतावास लण्डनकी उपप्रमुख रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेलाई पत्रकारहरुको हकहित र समाजलाई सुसूचित गर्न क्रियासिल रहन आग्रह गरिन् । खनालले बेलायतमा नेपाली पत्रकारहरुको भूमिका सशक्त र प्रभावकारी रहेको भन्दै प्रशंसा गरिन् ।
नेपाल उद्योग वाणिज्य महासघंका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा प्रसस्त लगानीको सम्भावना रहेको बताउँदै बेलायत गरिने लगानी भन्दा नेपालको लागानीमा बढी प्रतिफल प्राप्त हुने बताए ।
गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाले नेपाल पत्रकार महासंघ यूके शाखामा भएको एकता अतुलिनय भएको बताउँदै पत्रकारहरुको संस्थाबाट गैरआवासीय नेपाली संघले पाठ सिक्नु पर्ने बताए । उनले संघभित्र देखिएका समस्याहरुको उचित निकास निकाल्नु पर्नेमा जोड दिए ।
गैर आवासीय नेपाली सघं युकेका उपाध्यक्ष नरेश कडेंलले पत्रकार महासघं बेलायत शाखालाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ (एफएनजे) यूके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकारहरु नवीन पोखरेल र खेमराज रानाभाट पुरस्कृत भएका छन् ।

पत्रकारिता पुरस्कार वितरण, संरक्षक, सल्लाहकार सम्मान, मिडिया सम्मान लगायत कार्यक्रम गरी पत्रकार महासंघ बेलायतले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बेलायतमा विगत १० वर्ष देखि सकृय ४ वटा सञ्चार माध्यमलाई सम्मान गरिएको थियो । महासंघले नेपालब्रिटन डट कम, एभरेस्ट टाइम्स, बिएफबिस गोर्खा रेडियोलाई सम्मान गरेको छ ।
आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारको स्वागत, पत्रकारहरु खगेन्द्र नेपाली, सुमन खरेल, नविनसिंह खड्का, दधि सापकोटा, प्रेश युनियन यूके उपाध्यक्ष एभ्रेष्ट गौतम, फोनिज यूकेकी अध्यक्ष गोमा लामा, लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।
पत्रकार महासघं बेलायत शाखाकी उपाध्यक्ष प्रमिला राई र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शाखाका उपाध्यक्ष शिव भण्डारीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघको वैदेशिक शाखाका रुपमा सन् २०११ मा बेलायत शाखा स्थापना गरिएको थियो ।
कार्यक्रममा के-के भयो ? कसले के भने ? भिडियोमा हेर्नुहोस् :






