लन्डन । बेलायतमा जुलाई २ तारिखमा मोना भलिबल प्रतियोगीता आयोजना हुने भएको छ ।
बेलायतको अल्डरसटस्थित रशमोर सेन्ट्स फुटबल क्लबमा बिहान ८ः३० देखि प्रतियोगीता सुरु हुनेछ । बेलायतस्थित नेपाली समुदायमा वितरण गरिएका पुरस्कार मध्ये हालसम्मकै उच्च पुरस्कार सहितको भलिबल प्रतियागीता आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।
उक्त भलिबल प्रतियोगीमा पुरुषतर्फका विजेताले एक हजार छ सय पाउण्ड नगद, ट्रफी तथा रनिंगशिल्ड प्राप्त गर्नेछन् । त्यस्तैे उपविजेता हुनेले एक हजार पाउण्ड प्राप्त गर्नेछन् । महिलातर्फ विजेता हुनेले नौ सय पाउण्ड र उपविजेताले छ सय पाउण्ड प्राप्त गर्नेछन् । भेट्रानतर्फका विजेताले एक हजार र उपविजेताले छ सय पाउण्ड प्राप्त गर्नेछन् ।
कार्यक्रममा ठेलो (छेलो) प्रतियोगिता पनि आयोजना गरिएको छ । उक्त प्रतियोगीतामा प्रथम हुनेले दुई सय पचास पाउण्ड नगद पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी टीमले छेलोको लागि २० पाउण्ड, भेट्रानतर्फ १५० पाउण्ड, महिलातर्फ १३० पाउण्ड र पुरुषतर्फ १८० पाउण्ड दर्ता शुल्क राखिएको छ ।
फुटबल प्रतियोगिताका साथै खेलाडी तथा खेलप्रेमी दर्शकहरूलाई मनोरन्जन दिलाउने उद्देश्यले सांगीतिक प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सकिएपछि ‘माइ यूके’ टिमले अल्डरसटस्थित एम्पाएर हलमा राति ९ देखि बिहान ३ बजेसम्म आफ्टरपार्टी समेत गर्नेछ । सो पार्टीमा बेलायतका चर्चित व्याण्डहरु दाजुभाई ब्याण्ड र प्रान्ज व्याण्डको प्रस्तुति रहनेछ भने गायिका एलिना गुरुङको सागींतिक प्रस्तुती रहनेछ ।
एस काजीले डीजे भूमिका निर्वाह गर्नेछन् । मोना यूकेका उपाध्यक्ष पदम (सुन्दर) गर्बुजाले कार्यक्रमको संयोजन गरेका छन् ।






