तमु धि लण्डन ईकाईले गर्र्यो नेपाली पर्ब मनाउने व्यापक तयारी, तिज ३ सेप्टेम्बरमा मनाइदै

लण्डन । तमु धि लण्डन ईकाईको बैठक सम्पन्न भएको छ । सड्बडी हिल स्थित पोस्ट अफिस हलमा सम्पन्न बैठकले संस्थाको आउने कार्यक्रम र भावि कार्य योजनाहरुबारे विस्तृत रुपमा छलफल गरेको छ ।

संस्थाका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले महिलाहरुको हरितालिका तिज पर्व आउने ३ सेप्टेम्बर २०२२ शनिवार भब्य रूपमा मनाउने निणर्य गरेको बताए ।सस्थाका पूर्व अध्यक्ष एबम सल्लाहकार डेबिड गुरुङले लन्डन नेपाल न्युज मार्फत  अपिल गर्दै भने तमु धि लण्डन ईकाईले आयोजना गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तीजमा सबै दिदि बहिनिहरू रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिएर चुरा, पोते लगाएर नाचगान गर्न र गीतको माध्यमबाट मनको वह पोख्न् उपस्थितिका लागि अनुरोध गरेका छन् ।

हरितालिका तिजको अवसरमा संस्थाका पेट्रोन खुसिमान गुरुङले यस बर्षको कार्यक्रमबाट हरेक बर्षको कार्यक्रममा ५०० पाउण्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै सस्थाका प्रमुख सल्लाहकार काउन्सिलर लक्ष्य गुरुङले निर्बाचनको दौरान आफुलाइ सस्थाले गरेको सहयोग प्रती धन्यवाद दिनु हुँदै सस्थालाई २०० पाउण्ड सहयोग प्रदान गरेका छन् । बैठकमा सस्थाका पूर्व अध्यक्षहरु, ट्रस्टिजहरु,आमा समूह र कार्यसमितिहरुको उपस्थित रहेको थियो ।बैठकको अन्त्यमा अध्यक्ष बिष्णु गुरुङले आमा समुह कि पूर्व अध्यक्ष तथा ट्रस्टिज हुम कुमारी गुरुङले बैठकमा उपस्थित सबैलाई सेल रोटि र आमा समूहकी महासचिव गुना गुरुङले अचारको व्यवस्थापन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । साथै उनले बैठकमा उपस्थित भइ सल्लाह सुझाव दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर यसरी नै एकबद्दता भइ अगाडी बढ्न अनुरोध गरेका थिए ।