काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) प्रयोग गरी सडक सफा गर्न सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएपछि बुधबारबाट काम सुरु भएको जानकारी दिए।
उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले काठमाण्डौं सफाइ गर्न थालेको र बिहीबारदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् ।
बर्षायाम भएकाले केहि असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुने उनको भनाई छ ।






