१८ जेठ, काठमाडौं ।
नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकमा पुर्याएर बेचविखन गर्ने गिरोहका तीन सदस्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भोजपुरका राजेन्द्र खड्का, बाराका सुरेन्द्रबहादुर बस्नेत र धरमपुर ८ का बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो । सीआईबीले चलाएको अपरेशन इगलका क्रममा राजन भन्ने राजेन्द्र सुवेदीसहितका सात जना गत फागुनमा पक्राउ गरेका थिए । सीआईबीका अनुसार भोजपुरको बसन्तपुर गाविस २ का ३० वर्षीय राजेन्द्रले युवतीहरुलाई खाडी मुलुकमा आकर्षक रोजगारी दिने प्रलोभन देखाई विभिन्न गिरोहमा मार्फत सिरिया पुर्याएर बेच्ने गरेको खुलेको छ ।यस्तै सुरेन्द्रले युवतीहरुलाई नेपाली र भारतीय व्यक्तिहरुसँग मिलेर विदेश पठाउने गरेको खुलेको छ ।
अनुसन्धानका क्रममा उनी यसअघि लागू औषध अवराधमा संलग्न भएको पाइएको छ ।
हाल कलंकी बस्ने बादलले भने डान्सबारा काम गर्ने युवतीहरुलाई विभिन्न प्रलोभन देखाउने र एडभान्स कमिसन समेत दिएर विदेश जान प्रेरित गर्ने र मानज तस्करसम्म पुर्याउने गरेका थिए । सम्पत्ति शुद्धीकरणमा अनुसन्धान यसैबीच सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेका ८ जनालाई तान्जनिया केन्या लगायतका मुलुकबाट करोडौं रकम आएको देखिएको छ ।
उक्त रकम आपराधिक कार्यबाट आर्जन गरेको हुन सक्ने देखिएकाले छाननिका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सिफारिस गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त र उनीहरुको परिवारका नाममा ३ करोड बढी रकम आएको देखिएको छ । आजको अनलाइन खबरमा खबर छ।






