विमान दुर्घटना : घटनास्थल पुगेका शेरचन भन्छन्- शव चिनिने अवस्थामा छैनन्

पोखरा । आइतबार बिहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन ।

स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । उनकाअनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् ।

‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ ।  म हेरेर बसिरहेको छु ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए । तस्बिर- नेपाली सेना