काठमाण्डौ । आगामी प्रदेश र सङ्घीय चुनावमा पनि अहिले भर्ना भएका म्यादी प्रहरीलाई नै परिचालन गरिने भएको छ ।
यसपालिको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । उनीहरूलाई बाँकी हुने निर्वाचनमा पनि परिचालन गर्ने व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिए ।
हिजो गृहमन्त्रालयको समीक्षा बैठकमा गृहमन्त्री खाँणले निर्वाचन एकै चरणमा शान्तिपूणर्रूपमा सम्पन्न गर्न खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले बताए ।
बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलहरूलाई पनि धन्यवाद व्यक्त गरेको छ ।






