सिड्नी । सुदुरपश्चिम समाज अष्ट्रेलिया न्यू साउथ वेल्सले कार्यसमिति चयन गरेको छ । सुदुरपश्चिम स्थायी घर भई हाल विभिन्न सिलसिलामा अष्ट्रेलियामा रहेका व्यक्तिहरुको साझा संस्था सुदुरपश्चिम समाजले विभिन्न सघंसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा नयाँ कार्यसमिति समिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको अध्यक्षमा लक्ष्मी जोशी सहित अन्य १५ सदस्यीय रहेको छ । जसको उपाध्यक्षमा जनक रावल,महासचिवमा कुमार शाह,सचिव लोकराज भट्ट,कोषाध्यक्ष केशवराज जोशी,सहकोषाध्यक्ष आशिष चोखाल लगायत रहेका छन् भने सदस्यहरुमा दिलीप पाण्डे,दीपक जोशी,डीबी चन्द,हरिश विष्ट,शिखा सिंह,विजय खाती,सुनिल भट्ट,भावना पन्त र दिनकर भट्ट रहेका छन् ।
सोही अवसरमा क्यारियर विकास र प्रविधि संयोजकमा शिव पौडेल,अशोक भट्ट र सुमन शाह,घटनाक्रम र खेल संयोजकमा बसन्त ओझा र सम्राट शाही,युवा र विद्यार्थी संयोजकमा विजय बिष्ट,कमलेश जोशी र महिन्द्रा धामी,महिला संयोजकमा तनुजा सिंह,अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकमा श्याम पौडेल लगायतलाई चयन गरेको छ ।
सुझाव समितिमा तोरण अवस्थी,सन्ध्या शाह,सुकृति भट्ट,राकेश जोशी,सुशील सिंह,केशव जोशी,भूपेन्द्र कुँवर र कानुनी सल्लाहकारमा हेमराज भट्ट र स्वतन्त्र प्रताप शाहलाई चयन गरेको महासचिवमा कुमार शाह ले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि एवम् एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले प्रवासमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल रहने गरि खुलेका सम्पूर्ण सघंसंस्थाहरु एकजुट भएर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले विगतमा समाजले गरेको कार्यको प्रशसां गर्दै आगामी दिनमा अझै शसक्त भएर सामाजिक सेवामा समर्पित हुन आग्रह समेत गरे ।
सोही अवसरमा एनआरएनएअष्ट्रेलिया सचिब सन्ध्या शाहले सुदुरपश्चिम समाजले स्थापना कालदेखि नै एनआरएनए संग सहकार्य गर्दै आएको र आउने दिनहरुमा पनि अझ नजिकबाट सहकार्य गर्दै जाने विश्वास व्यक्त गरिन् ।
सोहि अवसरमा एनआरएनए न्यू साउथ वेल्सका कोर्डीनेटर देव गुरुङले अस्ट्रेलियामा रहेका सम्पूणर् नेपालीहरुलाइ एकजुट हुन आव्हान गर्दै सुदुरपश्चिम समाज अष्ट्रेलियाको नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा उपस्थित अतितिहरुले नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।






