रुपन्देही/ रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरकी अमृता खत्री (टण्डन)को शव ५ दिनपछि पोष्टमार्टम गरिएको छ । दुबैपक्षको सहमतीपछि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको शवको आइतबार पोष्टमार्टम गरिएको हो ।
पोष्टमार्टमपछि सम्पूर्ण नमूना तथा रिपोर्टको फोरेन्सी ल्याब एक्स्पटको रोहबरमा पीडित पक्षले चाहेको हस्पिटलमा अध्ययन गर्ने तथा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटना बारे छानविन गर्नेगरी सहमति जुटेको हो । अमृताका माईती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले मुद्दा दर्ता गर्नका लागि गरेको ढिलासुस्ति र गतिविधि संकास्पद लागेको भन्दै सीआईबीबाट नै अनुसन्धान हुनु पर्ने माग गर्दै आन्दोलनमा रहेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख तथा अमृताका माईती पक्ष बीच भएको ४ बुँदे सहमतिपछि शव पोष्टमार्टम गर्नका लागि पीडित पक्ष तयार भएका हुन् ।सहमति अनुसार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीमाथि पनि अनुसन्धान हुने भएको छ ।
कारबाहीको माग गर्दै प्रशर्दशनमा उत्रिकाहरुलाई दमन गर्नका लागि निर्देशन दिएको तथा घटना दर्तामा ढिलासुस्ति गरेको पीडित पक्षले उनीमाथि आरोप लगाएका छन् ।माईती पक्षले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाका विवरणहरु बारे जानकारी गारउँदै अमृताको परिवारबाटै हत्या भएको आरोप लगाएका छन् । घटनाको सतथ्यतथ्य छानविन र दोषिमाथि कारबाही नहुँदासम्म आफूहरुले शान्तिपूर्ण आन्दोलनलाई जारी राख्ने अमृताका दाजु पुष्पक खत्रीले बताए ।
चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको विष सेवनबाट मृत्यु भएको थियो । घटनापछि अमृताका श्रीमान प्रेम टण्डन, सासु र ससुरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धानलाई अघि बढाएको छ । ७ वर्षअघि स्थानीय प्रेमसँग अमृताको प्रेम विवाह भएको थियो । प्राय घरमा झगडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै हत्या भएको भन्दै आफन्तहरुले दोषि पत्ता लगाई कारबाही माग गरिरहेका छन् ।
गत भदौंमा अमृता र उनको परिवार बीच भएको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक कलह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ ।अमृताले घर परिवारले सामान्य विषयमा पनि मानसिक र सारिरीक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिईन् ।
२०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए ।अनिताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । माइती पक्षले कर्तव्य ज्यानमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने प्रहरीको भनाई छ ।घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् ।
खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए ।बुधबार राती ९ः३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।






