कोभेन्ट्रिमा नेपाली समुदाय र राष्ट्रिय आविश्कार केन्द्रका संयोजक महाविर पुन बिच भयो अन्तरक्रिया

बाबुराम भुषाल /अप्रिल ५,बेलायत,

राष्ट्रिय आविश्कार केन्द्रका संयोजक महाविर पुनसँग कोभेन्ट्रिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आविश्कार केन्द्रको योगदान र महत्वको विषयमा संयोजक पुन सँग उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । मंगलबार कोभेन्ट्रि स्थित स्पिहिक्स हलमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै संयोजक पुनले युवा जनशक्ति नेपालबाट विदेश पलायन भएको अवस्थालाइ औल्याउदै दुःख व्यक्त गर्नुभयो । साथै युवा जनशक्तिले विदेशमा सिकेको ज्ञान र सिप सँगै नेपालमा फर्किनको लागि उत्साहित बनाउने र राष्ट्रिय आविश्कार केन्द्रले नयाँ सोच विचार भएका युवाहरुलाइ सहयोग गर्नको लागि तयार भएको कुरा बताउनु भयो ।
कार्यक्रममा संयोजक पुनले आफ्नो विगतलाइ स्मरण गर्दै आफ्नै गाउँ ठाउँलाइ आवश्यक हुने साना साना प्रविधिको विकासक्रम सँगै समग्र राष्ट्रिय निर्माण हुने भएको हुँदा आविश्कार केन्द्रले सोही क्षेत्रहरुमा लगानि गरिरहेको बताउनु भयो ।
कोभेन्ट्रि नेपाली समाज, बेलायतद्वारा आयोजित बाक्लो उपस्थिति माँझ सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष सन्तोष पौडेलले राष्ट्रिय आविश्कार केन्द्र र नेपालमा प्रविधि क्षेत्रको स्मरण गर्दै बेलायतबाट पनि विविध क्षेत्रबाट सहयोग गर्नको लागि हातेमालो गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि प्राध्यापक डा। ओम कुर्मीले नेपालको प्राविधिक क्षेत्रको विकासका लागि महाविर पुनको विशेष योगदान रहेको बताउनु भयो । गैह् आवासिय नेपाली संघ बेलायतका सह कोषाध्यक्ष शशांक शर्माले गैह् आवासिय नेपालीहरुले नेपालको प्रविधिहरुमा विकास गर्नको लागि आर्थिक,प्राविधिक लगायत हरेक क्षेत्रबाट सहयोग गर्न सकिने बताउनुभयो ।
लेखक तथा साहित्यकार भरतकुमार श्रेष्ठले महाविर पुनको योगदानले प्रवासमा रहेका नेपालीहरुलाइ आफ्नो देशमा लगानि गर्नको लागि उत्साहित बनाएको बताउनुभयो । त्यसै गरी कार्यक्रममा समाजका संरक्षक विष्णुप्रसाद सापकोटा, समाजका सल्लाहकार सुवासचन्द्र अधिकारी, चन्द्रकान्त मैनालि, रमेश कँडेल, गोविन्द सापकोटा, बद्रि बस्नेत, डा।टिकाराम भन्डारीले संयोजक पुनको योगदानका विषयमा आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि पुनद्वारा पानसमा दियो बालेर नेपालको राष्ट्रिय गान सँगै सुरुवात गरिएको उक्त कार्यक्रममा समाजका महासचिव बाबुराम भुषालको स्वागत मन्तब्य र समाजका सदस्य प्रकास आचार्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

नेपालका पहाडि विकट गाउँगाउँमा वायरलेस इन्टरनेट पुर्याउन सफल पुनले अन्तराष्ट्रिय स्तरको रोमन म्यागसेसे पुरस्कार प्राप्त गरे पछि उनको चर्चा झन चुलिदै गएको थियो। पुनले ‘लङ रेन्ज’मा कसरी इन्टरनेट पुर्याउने भन्ने प्रयोगमा विभिन्न प्रकारको एन्टेनाको मोडेल विकास गरेर उपलब्धी हाँसील गरेको अन्नपूर्ण क्षेत्रका पहाडि ठाउँहरुमा देख्न सकिन्छ ।
त्यसैगरी पछिल्लो समयमा उनले राष्ट्रिय आविश्कार केन्द्र मार्फत विभिन्न टेक्नोलोजिलाइ आविश्कार र परिमार्जन गर्दै कोरोना भाइरसको समयमा नेपालको स्वास्थ क्षेत्रमा पनि उतिकै योगदान रहेको छ ।