संसार र जीवनबाट पटकपटक गरी ‘माइती’ नै खोसेर लगेको छ बिपद्ले । सिर्फ शर्मिला मोक्तान ३५ । ५ सन्तान छन् । जसको जीवनका सारा सहयात्रीहरुलाई बिपद्ले एकपछि अर्को गर्दै जफत गरेर लग्यो । एक वर्षअगाडी सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा आमा, भदा र बुहारीलाई लग्यो । अनि, वैशाख १२ को भूकम्पले एउटा भाइलाई पनि लिएर गयो । बाबाको मृत्यु उहिल्यै भएको हो । अब बाकी दुईटा भाइमध्ये एउटा जेलमा छ, एउटा ड्राइभर । भन्नुस् मेरो माइती कहाँ छ ?? नपोखूँ भन्दाभन्दै पोखिएको आँसु ।
नपोखूँ भन्दाभन्दै पोखिएको आँसु






