हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके को बिसेष आग्रह मा WS 10 CONFERENCE CENTRE को आयोजना मा येही MAY 15 मा नेपाल मा भयको विनासकारी भूकम्प बाट पिडित हरु को निम्ति सहयोग संकलन चरिटी कार्यक्रम मा £6527.25 संकलन भयको छ । मिद्ल्यान्ड्स का बिभिन्न ब्यबसाहीको उपस्थिति रहेको उक्त कार्यक्रम मा करिब ७० जना उपस्थीति रहेको थियो ठुलो मन भएका सहयोगी को उपस्थिति बाट आसा गरेको भन्दा धेरै रकम संकलन गर्न सफल भए को भन्दै WS 10 का संचालक NIK ले सबै लाई धन्यबाद दिएका थिए। युके का अत्ति लोकप्रिय पन्जाबी कलाकार हरु को प्रस्तुति रहे को उक्त बिसेस कार्यक्रम को अन्तिम मा हाम्रो नेपाली समाज का अध्यक्ष मिलन सापकोटा ले नेपाल मा विनासकारी भूकम्प ले पारेको असर र मानिस को दयनीय स्थिति को बारेमा प्रकाश पार्दै प्राकृतिक विपद जस लाई जहाँ पनि पर्न सक्ने हुना ले दिल खुलेर सहयोग गर्न बिसेष अनुरोध गर्नुभयको थियो। हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स अध्यक्ष मिलन सापकोटा र कोशाध्यक्ष सिब खराल ले समाज को तर्फ बाट उक्त कार्यक्रम मा निसुल्क अभिनय तथा प्रसुति गर्ने महान कलाकार हरु लाई खादा ओडाई सम्मान गर्नु भयको थियो। स्मरण रहोस हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके ले चाहे सडक सडक मा मागेर होस् , चाहे आफ्नै कमिटीमा सदस्य हरु बाट होस , अनेकौ प्रयास बाट अहिले सम्म करिब £15000 .00( 25 लाख र रुपैया संकलन गरिसकेको छ । हाम्रो नेपाली समाज वेस्ट मिद्ल्यान्ड्स युके ले मिद्लायाँड्स मा अबस्थित नेपाली संघ सस्था , सान्ति नेपाली समाज ,सिर्जनसिल नेपाली समाज , नोत्तिन्ग्हम नेपाली समाज , Peterborough नेपाली समाज संघ सहकार्य गर्दै नेपालको अति प्रभावित क्षेत्र गोर्खा , सिन्धुपाल्चोक , दोलखा मा 35 लाख नेपाली रुपैया को राहत सामग्री वितरण गरिसकेको छ । अब भबिस्य मा पनि नब निर्माण , पुन निर्माण कार्यक्रम मा समाज ले सक्दो सहयोग गर्ने गर्ने जानकारी समाज क़ाअध्यक्ष मिलन सापकोटा ले दिनु भयो ।
युकेमा तिन घण्टा मा नै 9 लाख रुपैया संकलन






