बेलायती राजदूत निकोला पोलिट र ऊर्जामन्त्री भुसाल बीच भेटवार्ता

काठमाडौं।नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री भुसाल र राजदूत निकोलाबीच भेटवार्ता भएको हो ।

मन्त्री भुसालले राजदूत निकोलासँग शिष्टाचार भेट भएको जानकारी दिइन् । भेटमा दुई देशबीचको सम्बन्ध र कोभिड-१९ महामारीबीच नेपाल–बेलायत सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बुढीगण्डी, दूधकोशी, नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताइन् ।