सिड्नी । नेपाल र अस्ट्रेलिया सरकारबीच कुटनीतिक सम्बन्धको ६२ औँ वर्ष पुरा भएको छ । १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक सम्बन्ध स्थापना गरेको थियो । तर कुटनीतिक सम्बन्ध स्थापना भएको लामोसमय बितिसक्दा पनि दुई देशबीचको सम्बन्ध भने खासै उपलब्धीमूलक बन्न सकेको छैन् ।
नेपाली विद्यार्थीहरुको अध्ययन गर्ने प्रमुख गन्तव्य बनेको अस्ट्रेलियामा वर्षेनी अर्बोँ रकम नेपालबाट जाने गरेको छ । अस्ट्रेलिया सरकारले पनि विभिन्न कार्यक्रम मार्फत नेपाललाई सहयोग गर्दै आईरहेको छ । तर नेपालबाट अस्ट्रेलिया जाने रकम भन्दा अस्ट्रेलियाले निकै थोरै मात्रामा सहयोग उपलब्ध गराउँदै आएको छ । अष्ट्रेलियामा तेस्रो ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी नेपालबाटै आइरहेका छन् । जसले ठुलै आर्थिक हिस्सा ओगटेको छ ।
अस्ट्रेलिया र नेपालको सम्बन्ध, मित्रता यति पुरानो भइसकेको छ भनेर नेपालका नेताले बेलाबेलामा भन्नेबाहेक दुई देशबीच कुनै उल्लेख्य कुटनीतिक आयाम थपिएका छैनन् । धेरै लामो समयदेखि नेपाल र अस्ट्रेलियाबीच औपचारिक कूटनीतिक भ्रमण नै हुन सकेको छैन । यति लामोसमयको सम्बन्ध कति बलियो हुनुपथ्र्यो भन्ने कुरा त छोडौँ जबकी स्थायी राजदुत नहुदा कैयौँ कामहरु सरकारी कर्मचारीले नै गरिरहेका छन् । जसले अस्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी र अन्य नेपालीहरुले कागजपत्रका लागि निकै सास्ती खेप्नुपरेको छ ।
नेपाल र अस्ट्रेलियाबीच दोहोरो सम्बन्ध कायम भएको ६ दशक भइसके पनि दूतावास स्थापना गर्नेबाहेक कुनै पनि उल्लेख्य दोहोरो कूटनीतिक सम्बन्ध कायम हुन सकेको छैन् । बल्ल बल्ल स्थापना भएको दुताबासमा राजदुत नै छैनन् । राजनैतिक खिचातानी र सरकार परिवर्तनको खेलले राजदुत नियुक्ती हुन सकेको छ्रैन् । भएका राजदुत पनि अडिन् सकेका छ्रैनन् । दुई देशबीचको आपसी सम्बन्ध उचाईमा पुग्ने बेला झन् झन् कमजोर बन्दैछ । राजनैतिक भागवण्डा नमिल्ने बित्तिकै राजदुत तानिने प्रक्रियाले झनै नेपालको स्तर खस्किँदैछ ।
कामदारहरुको प्रमुख गन्तव्य मानिएको कृषि क्षेत्रमा अस्ट्रेलियासगं समन्वय गरि नेपाली कामदार लैजाने पक्रिया अगाडी बढाउन सकिएको छैन् । जबकी अस्ट्रेलियाले कृषि क्षेत्रका कामदार आवश्यक रहेको बताईरहेको छ । अवैध मानिएको हुन्डीको कारोबार गर्ने अखडा बनेको छ अस्ट्रेलिया । विज्ञापन नै गरेर खुलेआम हुन्डीको कारोबार हुदा समेत नियमन गर्ने निकाय मौन बसेको छ । करिब २ लाख नेपालीहरुको बसोबास रहेको अस्ट्रेलियामा नेपालको सिधा हवाई उडान गर्ने सपना मात्रै बनेको छ ।
राजनैतिक खिचातानी र स्वार्थमा रुमल्लिएको दुई देशको सम्बन्धमा दलिय भागबन्डा नमिलेपछि राजदुत समेत फिर्ता भएका छन् । गोर्खे सैनिकहरुले न्युजिल्याण्डका पक्षमा युद्ध लडेपछि सुरु भएको दुई देशको सम्बन्ध र साईनोलाई गलीपोली युद्वको सम्झनामा अस्ट्रेलियाभर मनाइने परेडमा गोर्खा सैनिकलाई विशेष महत्व दिँदै आएको छ ।
विभिन्न विधामा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पछिल्लो समय कुटनीतिक कारण रोकिएको छ । दुई देशका कूटनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिकलगायत विषयहरुमा सम्भावनाहरुको खोजी समेत गरिएको छैन् । औपचारिक सम्बन्ध स्थापनाको ६३ वर्षे ईतिहासमा दुवै मुलुकबाट हालसम्म औपचारिक, मन्त्रीस्तरीय तथा प्रधानमन्त्रीस्तरीय भ्रमणसमेत हुन सकेको छैन ।
अस्ट्रेलियामा थुप्रै नेपाली सघंसंथाहरु छन् । एनआरएन लगायतका अन्य सघंसंस्था दुई देशको सम्बन्ध सुधार गर्ने वा बढाउने भन्ने तर्फभन्दा पनि राजनैतिक खिचातानी र स्वाथमै रुमल्लिएका छन् । नेपालको राजनैतिक प्रभावका कारण संस्था गठन गर्ने र पुनर्गठन गर्ने बाहेक अरु काम गर्न सकेका छैनन् । अचम्मको कुरा त के छ भने यहाँ रहेका नेपाली समुदाय र सघंसस्थाहरु नेपालमा भन्दा बढी राजनीति चल्छ ।
नेपाल र अस्ट्रेलियाबीच दोहोरो सम्बन्ध कायम भएको ६ दशक भइसके पनि दूतावास स्थापना गर्नेबाहेक कुनै पनि उल्लेख्य दोहोरो कूटनीतिक सम्बन्ध कायम हुन सकेको छैन् । यहाँ रहेका नेपाली समुदाय र नेपाली सघंसंस्थाहरु अस्ट्रेलियाको श्रोत साधन र ज्ञान प्राप्त गरेपनि त्यो ज्ञान प्रयोग गर्न सकिरहेका छैनन् । उनीहरुको सोँच नेपालीमै अड्किएको छ ।
विद्यार्थीहरुलाई खोलिएका उनीहरुलाई आईपरेका समस्या र शैक्षिक क्षेत्रमा यहाँ नेपाली विद्यार्थीले भोग्नुपरेका समस्याहरुका बारेमा बोल्दैनन् बरु दलालीको काम गर्छन् । त्यस्तै यहाँ रहेका नेपाली सञ्चारकर्मीहरुले पनि कुटनीतिक सम्बन्ध सुधारका पक्षमा आवाज उठाउन सकिरहेका छैनन् ।

६० औँ वर्षगाँठ २०२० मा अस्ट्रेलियामा तत्कालिन महामहिम राजदुत महेश दाहालको सहभागीतामा मनाईएको थियो । प्रत्येक वर्ष दुई देशको सम्बन्ध स्थापना भएको स्मरण गर्ने मात्रै काम भईरहेको छ । कुटनीतिक यात्रा अगाडी बढाउने र नेपालले कुटनीतिक नीति परिवर्तन गर्ने खालको गम्भीर सोँच लिन सकेका छैनन् ।






