देउवाका ज्योतिषीको भविष्यवाणी- महाभियोगले सत्ता गठबन्धनलाई अप्ठ्यारो पर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् ।

महाभियोग दर्ताको समय कालसर्प योगमा परेको उनको भनाई छ । रिजालले जबराको अपमानजनक बहिर्गमनको योग बर्तमान समयमा निर्माण नभएको भन्दै सत्तापक्षलाई नै अफ्ठेरो पर्ने भविष्यवाणी गरेका हुन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रिजालले  महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ।

’प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण भएको छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गो भनेर माघ १८ गते नै जानकारी गराइसकेको थिएँ । महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्तापक्षलाई नै यसको गम्भीर असर पर्नसक्ने योगले देखाएको छ । जबरालाई महाअभियोग दर्ता गरेको समय नै कालसर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ,’ रिजालले फेसबूकमा लेखेका छन् ।