बेलायतबाट सयुंक्त राष्ट्रवादी नेपाली सगंठनले सुरेन्द्र केसीलाई दियो १ लाखको पृथ्वी पुरस्कार

लन्डन। बेलायतमा राष्ट्रवादी नेपाली संगठनले श्री ५ पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घोषणा गरेको ‘पृथ्वी पुरस्कार’ प्रदान गरेको छ । संगठनले एक लाख राशिको उक्त पुरस्कार नेपालका राजनीतिक विश्लेषक प्रा. डा.सुरेन्द्र केसीलाई प्रदान गरिएको हो ।

गत आइतबार काठमाडौंस्थित होटेल एल्लो पगोडामा आयोजित एक समारोहबीच संगठनका अध्यक्ष भरत क्षेत्रीले डा. केसीलाई उक्त राशीको ‘पृथ्वी पुरस्कार’ प्रदान गरेका हुन् । नेपाल प्रज्ञा- प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको बाहुलीबाट केसीलाई पुरस्कार प्रदान गरिएको क्षेत्रीले जानकारी दिए ।

डा. केसीको अनवरत राष्ट्रप्रेम तथा पृथ्वी नारायण शाह प्रति श्रद्धासम्मान र समग्र देशको योगदानका लागि डा. केसीलाई उक्त पुरस्कार दिईएको बताउँदै पुरस्कार दिन पाउँदा खुसी लागेको बताए ।

सगंठनले गत ११ जनवरीमा लन्डनमा ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा केसीलाई पृथ्वी पुरस्कार दिने घोषणा गरेको थियो ।

राजनीतिमा आवद्ध नरहेको, राष्ट्रियताका सवाल र पृथ्वी नारायण शाहबारे वकालत गर्दै आएका एक जना स्वतन्त्र बुद्धिजिवीलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा बमोजिम डा. केसीले पहिलो पुरस्कार पाएका हुन् ।