काली गण्डकीमा पहिरो रोकिएन, सर्बसाधारणलाई अन्यन्त्र सारियो (भिडियोसहित)

Kaligandaki

म्याग्दी, जेष्ठ १० । म्याग्दीको भगवती र राम्चे गाउं विकास समितिको सिमानामा पर्ने बैसरीमा गएको पहिरोको कारण थुनिएको काली गण्डकीको तालले थप जोखिम बढाएको छ  ।

तालको सतह बढ्दै बेनी–जोमसोम सडकखण्डसम्म पुगेको छ । करिब एक हजार पाँच सय मिटर माथिबाट काफलडांडाको चट्टानी पहाड खस्दा नदी तालमा परिणत भएको हो । पहिरोका कारण बैसरीका २६ घर डुबानमा परेका छन् ।

लगातारको भूकम्पले कमजोर बनाएको सुख्खा पहिरो खसेर थुनिएको कालिगण्डकीले तल्लो तटीय क्षेत्रमा हुनसक्ने सम्भावित क्षति रोक्न गृहमन्त्रालयले त्यस क्षेत्रलाई ‘हाइ अलर्ट’ घोषणा गरेको छ। जल तथा मौसम विज्ञान विभागको वेवसाइटमा तल्लो तटको म्याग्दी, बाग्लुङ,पर्वत, गुल्मी,स्याङ्जा पाल्पा र नवलपरासीको नदि किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ।