काठमाडौं । चुड्का र कौह्रा समेटिएको नेपाली मौलिक गीत रोधीघर भाग ३ को छायाकंन पुरा भएको छ । मगंलबार काठमाण्डौको धापासीस्थित मेगा सिटी हाईटमा उक्त गीतको छायाकंन गरिएको हो ।
बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (आरके) गुरुङको प्रस्तुतीमा उक्त गीत बजारमा आउँदै छ ।
गीतको छायांकन कार्यक्रममा तमु प्ये ल्हु संघ यूकेका प्रमुख संरक्षक मेजर खुसीमान गुरुङ (एमभिओ), उहाँकी धर्मपत्नी मञ्जु गुरुङ, युवा व्यवसायी विजय गुरुङ, हङकङ निवासी चलचित्रकर्मी सुवास गुरुङलगायत पनि सामेल भएका थिए ।
मिलन तमुको शब्द रहेको गीतमा आरके गुरुङ, तारा श्रीस, पबित्रा गुरुङ र प्रितम गुरुङको स्वर रहेको छ भने लय आरके गुरुङले गरेका छन् । भिडियोमा पश्चिमाञ्चल कल्चर गु्रपका कलाकारहरुको प्रस्तुती रहेको गायक आरके गुरुङले जानकारी दिए । उनका अनुसार उक्त गीत अर्को हप्ता रिलिज गर्ने तयारी रहेको छ ।






