सिड्नीमा कारको ठक्करबाट गम्भीर घाईते सुस्मिताको उपचारका लागि सहयोगको अपिल

सिड्नी/ सिड्नीमा कारको ठक्करबाट गम्भीर घाईते युवतीको उपचारका लागि सहयोगको अपिल गरिएको छ । मगंलबार सिड्नीको ग्रान्भिल स्थित कारको ठक्करबाट घाईते २१ वर्षीय विद्यार्थी सुस्मिता लामाको उपचारका लागि आर्थिक सहयोग अभियान थालिएको हो ।

कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि हाल उनको वेष्टमिड अस्पतालमा उपचार भईरहेको छ । उनको थप उपचारका लागि उनका परिवारका सदस्य र सहयोगी मिलेर सहयोग सकंलन अभियान थालेका हुन् ।

उनलाई अष्ट्रेलिया आउन सहयोग गरेको एजुकेशन कन्सलटेन्सीकी प्रतिनिधि रोशनी श्रेष्ठ तथा सानो बुबा सुनदोर्जे तामाङको सहभागीतमा सहयोग सकंलन अभियान थालिएको र सहयोग गर्न सम्पूणर्लाई आग्रह गरिएको छ ।

सुस्मिताका सानोबुबा,अभियान्ता तथा तामाङ सोसाईटीका अध्यक्ष सुनदोर्जे तामाङले सहयोगका लागि सम्पूणर् नेपाली सघं संस्थालाई आह्वान गरेका छन् ।

दुर्घटनामा परी घाईते सुस्मिता एक महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएकी थिईन् । उनको शरिरको एक भाग नचल्ने अवस्थामा रहेकोे र आइसियुमा उपचार भइरहेको छ । फोटो क्रेडिट : नेपाल ट्युब

सुस्मिताको उपचारमा सहयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।