काठमाडौँ । तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा ‘नर्कको ढोका’ अर्थात् ‘गेटवे टू हेल’ निभाउने आदेश दिएका छन् । तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको ढोका भनिन्छ ।
तुर्कमेनिस्तानको ७० प्रतिशत हिस्सामा काराकुम मरभूमि छ । ३.५ लाख वर्ग किलोमीटरको यो मरभूमिको उत्तरतर्फ गेट क्रेटर नामको ठूलो खाडल छ ।
६९ मीटर फराकिलो र ३० मीटर गहिरो यो खाडलमा विगत कैयौँ दशकदेखि आगो बलिरहेको छ । तर यसको कारण कुनै ‘शैतान’ होइन । यहाँको प्राकृतिक ग्यास मिथेनले गर्दा यहाँ लगातार आगो बलिरहेको हो ।
राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोभले यसलाई पर्यावरण र स्वास्थ्यका कारण साथै ग्यास निर्यात बढाउने प्रयासको रुपमा हेरिदिन इच्छा व्यक्त गरे ।

कहिले बन्यो खाडल
धेरै मानिसको मान्यता अनुसार – सन् १९७१ मा सोभियत संघका भूू– वैज्ञानिक काराकुमले मरुभूमिमा कच्चा तेलको भण्डार खोजिरहेका थिए । यहाँ एक स्थानमा उनले प्राकृतिक ग्यासको भण्डार भेटे । तर, खोजीको समयमा त्यहाँको जमिन भासियो र त्यहाँ तीन ठूला ठूला खाडल बने ।
यी खाडलबाट मिथेन चुहिने खतरा थियो । जुन वायुमण्डलमा घुलिन सक्थ्यो । एक सिद्धान्तका अनुसार यसलाई रोक्न भ–ूवैज्ञानिकले ती मध्ये एकमा आगो लगाइदिए । त्यतिबेला उनीहरुले केही सातापछि मिथेन सकिन्छ र आगो पनि आफै निभ्छ भन्ने विश्वास लिएका थिए ।
तर क्यानडाका अनुसन्धाता जर्ज कोरोनिस भन्छन्, ‘यो कहानीमाथि विश्वास गर्न यसको पक्षमा कुनै पक्का दस्तावेज भेटिएको छैन । सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि बनाइएको एक कार्यक्रमको अवधिमा एक खोज दल तुर्कमेनिस्तानको उक्त इलाकामा पुगेका थिए । जर्ज कोरोनिस यो दलका सदस्य थिए । यो खाडलमा लगातार बलिरहने आगो वास्तवमा कहिलेबाट सुरु भयो भन्नेबारे उनले जान्ने कोसिस गरिरहेका थिए ।
तर उनको अनुसन्धानले उनको प्रश्नको पूरा जवाफ दिनुको साटो थप प्रश्न निम्त्याएके थियो । तुुर्कमेनिस्तानको भूू–वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा १९६० को दशकमा बनेको थियो । तर १९८० को दशकमा यसमा आगो लागेको थियो ।
गोपनियताः
इतिहासका जेरोनिम पेरोपिक भन्छन्, ‘‘नर्कको ढोका’ को विषयमा जुन रहस्य छ, त्यो बिल्कुल तार्किक छ । जेरोनिमले बीबीसँग भनेका थिए, ‘सोभियत संघका बेला काम कसरी हुन्थ्यो भन्ने कुरालाई यसले इशारा गर्छ । त्यतिबेला ती अभियानको जानकारी मात्रै सार्वजजिक गरिन्थ्यो जुन सफल हुन्थे तर असफल अभियानबारे केही जानकारी दिइँदैनथ्यो । यदि स्थानीयले केही गलत गरेका छन् भने यसबारे अरुलाई थाहा होस् भनेर उनीहरु चाहँदैनथे ।’
आगोको यो खाडल मरुभूमिको बीचमा थियो त्यसैले यसले जन–धनको क्षती हुने कुनै डर थिएन र यसको असर पनि शूल्य बराबर नै थियो ।
जानकारका अनुसार त्यतिबेला सोभियत संघसँग प्राकृतिक ग्यास वा इन्धनको कुनै कमी थिएन, उनीहरुले हरेक वर्ष सात लाख क्यूबिक मिटर प्राकृति ग्यासको उत्पादन गर्ने गर्दथे । यस्तोमा ग्यासलाई बालेरै नष्ट गरिदिनु उनीहरुका लागि व्यवहारिक विकल्प भएको हुनसक्ने सम्भावना छ ।






