एनआरएनएले नेपालमा ‘डलर खाता’ खोल्न पाईने बारे जानकारी दिन उच्चस्तरीय कार्यक्रम हुँदै

लन्डन ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागेको छ।

कार्यक्रमलाई अर्थ मंत्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्वोधन गर्ने एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर ले जनाए। गैर आवासीय नेपालीहरुका लागि विदेशी मुद्रामा खाता खोल्न दिनु पर्छ भनेर लामो समयदेखि लबी गरिरहेका संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले पनि वेबिनारलाइ सम्बोधन गर्ने छन्।

सोमबार (१० जनवरी) युके समय १२:१५ बजे शुरु हुने उक्त कार्यक्रममा सहभागी भै आफ्नो जिज्ञासा तथा प्रश्नहरु राख्न एनआरएनए युकेले सबैलाई आग्रह गरेको छ। एनआरएनए एनसीसी अमेरिका, अष्ट्रिया, अस्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण कोरिया तथा दक्षिण अफ्रिका उक्त कार्यक्रमका सह-आयोजक रहेका छ