पिर्के सलामी : झाक्रिको बोली र व्यवहार फरक 

बुटवल : आफ्नै गृह जिल्ला मुसीकोट नगरपालिका गुल्मीका मेयर सोमनाथ सापकोटाले एक विद्यालयमा दिएको पिर्के सलामीबारे नेतृ रामकुमारी झाक्रिले सामाजिक सञ्जालमा लेखेरै चर्को विरोध गरेकी थिइन् । त्यसबेला उनी सरकारमा थिइनन् । विरोध गरेर चर्चामा आउने नेतृको रुपमा उनलाई धेरैले चित्रण गर्दथे ।

केपी ओली नेतृत्व सरकारले गरेका गतिविधीहरुमा उनले खुलेरै विरोध गर्ने गर्थिन् । अहिले उनी सरकारमा छिन् । तत्कालिन एमालेमा रहँदा पनि एमाले नेतृत्व सरकारलाई उनी आलोचना मात्र गर्ने गर्थिन् । एमाले छाडेर अहिले झाँक्री माधव कुमार नेपाल नेतृत्वको नेकपा एसकी केन्द्रिय सचिव छिन् ।

शहरी विकास मन्त्री झाक्रिले अहिले आफ्नै गृह जिल्ला गुल्मीको भ्रमणका क्रममा दिएको पिर्के सलामी चर्चाको विषय बनेको छ । मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोटदहमा उनले पिर्के सलामी दिइन् । सरकार बाहिर हुँदा पिर्के सलामीको चर्को विरोध गर्ने झाँक्रीको बोली र व्यवहार फरक हुँदा नागरिकस्तरमा उनको आलोचना शुरु भएको छ ।

अरुको आलोचना गरेर नथाक्ने झाक्रि अहिले आफैँ आलोचनाको पात्र बनेकी छन् । उनको यस्तो व्यवहार धेरैले मन पराएका छैनन् । सामाजिक सञ्जालभरी उनको विरोध भइरहेको छ । झाक्रिका आदर्शका गफ सत्ता बाहिर रहुन्जेल मात्र भएको नागरिकहरुले आरोप लगाएका छन् ।