शाखा विस्तारको अभियानमा रुपन्देही सामाजिक सञ्जाल, डब्बोमा बन्यो पहिलो शाखा

तक्दीर अधिकारी
सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले शाखा विस्तारको अभियान सञ्चालन गरेको छ ।न्यू साउथ वेल्स राज्य को डब्बोमा संस्थाको शाखा गठन गरे सँगै अध्यक्ष मुक्तिराम पोखरेलले अष्ट्रेलियामा छरिएर रहेका सबै रुपन्देही बासीहरुलाई गोलवद्ध गर्नेगरी सबै राज्यमा संगठन विस्तार गर्न लागिएको जानकारी दिए ।

रूपन्देहि सामाजिक संन्जाल अस्ट्रेलियाका केन्द्रीय  कार्य समिति सदस्य होम उपाध्यायको सक्रियता एवं  संयोजनमा संस्थाले तेस्रो अधिवेशन सम्पन्न गरेको दुई हप्तामै डब्बोमा शाखा विस्तार गरिएको छ । संस्थाको पहिलो शाखा भनिएको डब्बो शाखाको संयोजकमा हिमाल भण्डारी चयन भएका छन् ।

जसको सहसंयोजकमा डोलराज ढकाल, सचिवमा प्रदीप ज्ञावली, कोषाध्यक्षमा सुरेश घिमिरे र कार्यकारी सदस्यमा शशांक परछाईँ रहेका छन् । हाल ५ सदस्यीय कार्यसमिति बनाइएको छ भने बाँकी विस्तार पछि गरिने भएको छ ।

रुपन्देही घर भई डब्बो क्षेत्रमा बसोबास गर्नेहरु एकजुट भएर सामाजिक, मानवीय जागरणका कामहरु गर्ने उद्देश्यसहित संस्था विस्तार गरिएको पोखरेलले बताए ।संस्थाको कार्ययोजना अनुसार रुपन्देहीबाट प्रवासमा छरिएर रहेका नेपालीहरु मिली परोपकारी काम गर्नको निम्ती संगठित भएको उनले बताए ।

अब संस्थाले शाखा विस्तारको अभियान चलाउने र अबको २ बर्षमा अष्ट्रेलिया भरमा रहेका सबै रुपन्देहीबासीहरुलाई एकजुट गराउने गरी हरेक राज्यमा संगठन विस्तार गरिने उनले बताए ।तास्मानिया, भिक्टोरिया लगायतका राज्यहरुमा ठूलै वृहत भेला गरी शाखा गठनको तयारी गरिदैछ ।

त्यस्तै सिड्नीको टेम्पे पार्कमा यही जनवरी ८ गतेको दिन नयाँ बर्ष २०२२ स्वागत गर्दै शुभकामना आदानप्रदान आयोजना गरिएको र उक्त कार्यक्रममा पनि सहभागि हुन अध्यक्ष पोखरेलले आग्रह गरे ।