साउथवेस्टमा ‘हाम्रो क्लब ओरनपार्क’को सक्रियता बढ्दै

सिड्नी । हाम्रो क्लब ओरनपार्कले ओरनपार्कमा  विशेष कार्यक्रम गर्दै साउथवेस्टमा सक्रियता बढाएको छ ।

क्लबमा आवद्ध रहेका सदस्यहरु जम्मा भएर चियापान समारोह, हाम्रो क्रिसमस सकर प्रतियोगिता र स्पोनसरलाई सम्मान कार्यक्रम गरिएको हो ।क्लबका अध्यक्ष अमूल्य प्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा क्लब भित्र रहेका टीम ए र टीम बी वीच फुटबल प्रतिस्पर्धा भएको थियो ।

उक्त अवसरमा सबै खेलाडीहरुलाई जर्सी पनि वितरण थियो भने चियापानसँगै बच्चाहरुलाई रिफ्रेशमेन्ट पनि प्रदान गरियो ।प्रतियोगीताको फाइनल खेल भने २६ डिसेम्बरमा हुने आयोजकले जनाएको छ ।

त्यसैगरी संस्थालाई स्पोन्सर गर्ने थिंक वाइज फाइनान्सियल सोलुसन, सफा स्टेट एजेन्ट, इभरेष्ट बुचरी साउथवेस्ट, अष्ट्रेलियन कजेल अफ हेल्थ एन्ड मेनेजमेन्ट, ओजी कनेक्ट एजुकेशन एन्ड भिजा सर्भिसेस र एभरेष्ट अटो ओक्र्सशपलाई विशेष सम्मान गरिएको क्लबको संयोजक सदस्य विनोद लम्सालले जानकारी दिए ।

अमूल्य प्रताप सिंह अध्यक्ष रहेको क्लबका कार्यकारी कमिटिमा बिमल बराल, राजिब अधिकारी, विनोद लम्साल, सफल पौडेल, सन्तोष थापा, लक्ष्मण सापकोटा, सुरेन्द्र राना, महेन्द्र खत्री, मोहन गुरुङ, मोहन गुरुङ, प्रकाश पौडेल, रन्जु प्रधान, शिवराम पन्थ, श्याम भन्डारी, सुदीप कोइराला, रितेश द्वा र सागर सापकोटा रहेका छन् ।

काउन्सिलमा वैधानिक रुपमा दर्ता भई २०२१ मा स्थापना भएको यस क्लबमा ओरनपार्क क्षेत्रमा बसोबास गर्ने नेपालीहरु आवद्ध रहेका छन् ।